प्रधानमन्त्रीद्वारा गाईजात्राको शुभकामना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ साउन, २०८२
१ वर्षअघि

प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ,’गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् । सबैलाई गाईजात्राको हार्दिक शुभकामना !’

प्रधानमन्त्री ओलीले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको गाईजात्रा पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गरेका छन्।

‘मृत्यु शोकमा रहेका परिवारले आआफ्ना घरबाट गाईजात्रा निकाल्नुपर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुआत भएको मानिन्छ’, प्रधानमन्त्रीले शुभकामना उल्लेख गरेका छन्, ‘सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्यतर्फ रूपान्तरित भएको पाइन्छ ।’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

प्रकाशित समय: आईतबार २६ साउन, २०८२, ०९:३८:३४

सम्बन्धित खबर

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०