कैलाली कारागार झडपमा एकको मृत्यु, ४७ घाइतेमध्ये एकको अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ साउन, २०८२
१ वर्षअघि

कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परेका एक जनाको मृत्यु भएको छ भने ४७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

झडपका ४७ जना घाइते उपचार गराइरहेका छन् । उक्त घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको हो। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो देखाउँदै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। शनिबार दिउँसो मात्र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेर गृहमन्त्री लेखकले सुरक्षाको विषयमा चासो लिएका हुन् ।

लामो समयदेखि कैदी त्रासमा भएको खुलासा

कैलाली कारागारका कैदीले अवस्था अप्ठेरो बन्दै गएको जानकारी दुई साताअघि नै मानव अधिकार आयोगलाई गराएको खुलेको छ । कारागारका ५९० कैदीले हस्ताक्षरसहित कारागारमा झडपको वातावरण बनेको भन्दै राष्ट्रिय मानवअघिकार आयोगमा निवेदन दिएको खुलेको हो । सोही निवेदनका आधारमा आयोगले प्रधानमन्त्री, गृहमन्त्री, कैलालीका सिडिओ र सुरक्षा निकायका सम्बन्धित अधिकारीलाई साउन १९ गते नै अवस्थाको विषयमा जानकारी गराएको भए पनि सरकारले उक्त सूचनालाई बेवास्ता गरेको देखिन्छ ।

कागारारको अवस्थाबारे साउन १९ गते आयोगले कारागार प्रशासनलाई पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री, गृह गृहमन्त्री कार्यालयसँगै कारागार व्यवस्थापन विभाग, कैलाली जिल्ला प्रशासनलाई पठाएको थियो । तर जिम्मेवार निकायले प्राप्त भएको सूचनालाई गम्भीर रुपमा नलिँदा ठुलो दुर्घटना भएको देखिन्छ । कैलाली कारागारमा यसअघि असार २८ गतेसमेत कैदीबीच कुटाकुट भएपछि प्रशासनलाई मौखिक जानकारी गराउँदै केही कैदीले सुरक्षाको विषयमा चिन्ता व्यक्त गरेका थिए।

मानवअधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टका अनुसार शुक्रबारको झडपपछि कारागारको अवस्था गम्भीर देखिएको छ । पूर्व सूचनालाई बेवास्ता गर्दा यो अवस्था आएकाले अब केन्द्रले नै सुनुवाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

१५० कैदी राख्ने क्षमताको कैलाली कारागारमा ६९५ कैदीबन्दी छन् । जसमा ५८ महिला छन् ।

प्रकाशित समय: आईतबार २६ साउन, २०८२, ०९:३५:४५

सम्बन्धित खबर

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०