दुई २६ वर्षिय युवाहरुको आइटी कम्पनीले अष्ट्रेलियामा जित्यो प्रतिष्ठित अवार्ड

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ साउन, २०८२
१ वर्षअघि

अष्ट्रेलियामा दुई युवाहरुले सञ्चालन गरेको आइटी कम्पनी आइटी टुगेदर टेक्नोलोजीले एक वर्षमै ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’ जित्न सफल भएको छ। २६ वर्षिय दुई नेपाली युवाहरुले संञ्चालन गरेको सो आइटी कम्पनीले एक वर्षकै अवधीमा ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’ जितेपछि अष्ट्रेलियामा धेरैको ध्यान तानिरहेको छ।

अस्ट्रेलियामा अवधीमा ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’लाई विषेश महत्वका साथ हेरिने भएकोले पनि एक वर्षको बीचमै पाएकोले धेरैले चासो र उत्साहका साथ हेरिरहेका हुन्।

आइटी टुगेदर कम्पनी ओम राउत र प्रदीप दाहालले संयुक्त रुपमा सञ्चालन गर्दै आएका छन्। राउत कम्पनीका निर्देशक हुन् भने दाहाल एसिया प्यासिफिक क्षेत्रका सीईओ हुन्। कम्पनीले अष्ट्रेलियाका साना तथा मध्यम व्यवसायहरूलाई आईटी सपोर्ट र एजेन्टिक एआई सेवा प्रदान गर्दै आएको छ।

अवार्ड हासिल गरेपछि कम्पनीका निर्देशक राउत र सीईओ दाहालले खुसी व्यक्त गर्दै यो हाम्रो मात्र हैन आम नेपाली युवाहरुको सान हो।

‘हामी एआईबाट सञ्चालित छौं, तर मानव समर्थनमा भर पर्छौ,’ निर्देशक राउतले भने ‘हाम्रोमा विश्वास गर्ने सबै ग्राहकलाई धन्यवाद। अबको भविष्य एजेन्टिक एआई हो, र हामी साना व्यवसायलाई छिटो अगाडि बढ्न सहयोग गरिरहेका छौं।’

सो आइटी कम्पनीमा काम गर्ने धेरैजसो प्राविधिक (टेक्निकल) स्टाफहरू नेपालमै रहेका छन्। उनिहरुले नेपालमै बसेर अष्ट्रेलियाका ग्राहकलाई सेवा दिइरहेका छन।

‘यो अवार्डले देखाउँछ कि नेपाली युवाले पनि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता देखाउन सक्छन,’ सीईओ दाहालले भने ‘नेपालमा बसेर अष्ट्रेलियामा व्यवसाय सफलतापूर्वक चलाउनु भनेको क्षमता र दृष्टिकोणको जीत हो।’

आइटी टुगेदर टेक्नोलोजीले अवार्ड जितेपछि उनिहरुसँगै आबद्ध भएका सबै कम्पनीहरुले खुसी व्यक्त गरेका छन्। क्लिक कन्स्लटिङ ग्रुपले आईटी टुगेदरले हाम्रो सामाजिक सञ्जाल, लिड जेनेरेसन, र अटोमेसनमा काम गरिदिएकोमा बधाई दिँदै भनेको छ ‘हाम्रो कामको बोझ २५५ ले घटेको छ।’

यस्तै चर्चिल इन्सिच्यूट अफ हायर एजुकेशनले पनि आइटी टुगेदरले दिएको सेवा वास्तवमै प्रभावकारी रहेको जनाएको छ।

स्थानीय सरकारले प्रदान गर्ने अवार्डका लागि सार्वजनिक रुपमा मनोनयन गर्नुपर्छ। र ती मनोनयन भएका कम्पनीहरु लाई सार्वजनिक रुपमा मत हाल्नुपर्छ र विशेषज्ञहरुले कामको मूल्यांकन समेत गर्ने गर्छन। यसले व्यवसायको विश्वास, नाम र अवसर दुबै बढाउने भएकोले पनि अवार्ड निकै महत्वपूर्ण हुन्छ।

प्रकाशित समय: शनिवार २५ साउन, २०८२, १४:०३:४२

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
१५ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
१६ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
१८ घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
१९ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
२० घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
२२ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०