नीताको डेब्यू निर्देशन रहने फिल्ममा भारतीय कलाकारको पनि अभिनय

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
१ वर्षअघि

नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशन रहने फिल्म ‘सुख दुःख’मा भारतीय कलाकार दीपराज राणाको समेत अभिनय रहने भएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्ममा दीराज अनुबन्ध भएको सार्वजनिक गरेको हो । फिल्ममा उनको भूमिका कस्तो रहनेबारे निर्माण पक्षले खुलाएको छैन ।

Advertisement

दीपकराज बलिउड फिल्ममा सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । उनले सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘साथिया’का सहायक भूमिकामा थिए । उनलाई यही फिल्मले स्थापित गराएको हो ।

उनले ‘सिंघम रिटन्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’, ‘मट्रो इन दिनो’ लगायतका फिल्ममा सहायक भूमिका निर्वाह गरेका छन् ।

‘सुद दुःख’ भने उनको दोस्रो नेपाली फिल्म हो । उनले पहिलो पटक स्व. नायक श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘कोहिनूर’मा समेत अभिनय गरेका थिए ।

यो फिल्मको छायाङ्कन फागुन पहिलो साताबाट सुरु गर्ने योजनामा नीता रहेकी छिन्। अहिले यो फिल्मका कलाकार र प्राविधिक चयनको काम भइरहेको छ ।

केही दिनअघि मात्रै यस फिल्ममा नायिका विपना थापा अनुबन्ध भएकी थिइन् । यसअघि नै मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई फिल्ममा अनुबन्ध भइसकेका छन् । निर्माण पक्षले अन्य कलाकारबारे केही जानकारी दिएको छैन ।

नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको प्रदर्शन मिति ०८३ सालको फूलपातीलाई तोकिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०