अध्यक्ष–उपाध्यक्षको विवादले ग्रामथान गाउँपालि बन्धक सरह !

माधव काफ्ले
शुक्रबार २४ साउन, २०८२
९ महिनाअघि

गत वर्षको मंसिरमा भएको उपनिर्वाचनबाट नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएयता मोरङको ग्रामथान गाउँपालिका शान्त छैन । प्रमुख माझी र उपप्रमुख गुणावतीदेवी थारूबीचको विवादले अशान्त बनेको पालिकाबाट ग्रामथानबासीले सेवा पाउन सकिरहेका छैनन् ।

असार १५ गते ल्याउनुपर्ने वार्षिक नीति तथा कार्यक्रम आउन नसक्दा वार्षिक बजेट अन्योलमा परेको छ । जसका कारण आर्थिक गतिविधि ठप्प भइदिँदा पालिकाबासीले सास्ती बेहोरिरहेका छन् भने कर्मचारीले तलबसमेत खान पाएका छैनन् । त्यतिमात्र नभएर मलको असमान वितरण भएको आरोप लगाएर अध्यक्ष माझीले केही सहकारीलाई कारबाहीस्वरूप मल वितरणमा रोक लगाएपछि असन्तुष्ट सहकारीहरूबाट किसानहरूले मल पाएका छैनन् ।

न्यायिक समितिका सदस्य–सचिव र सदस्यलाई कारबाही गर्दा न्याय सम्पादनको काम अगाडि बढ्न सकेको छैन । यी र यावत विषयहरूका कारण ग्रामथान गाउँपालिका परिसरमा अहिले सेवाग्राही कम, सुरक्षाकर्मीहरूको संख्या बाक्लिँदै गएको छ । अझ, सुरक्षा चुनौतीको कारण देखाउँदै अध्यक्षले बाउन्सरदेखि सेक्युरिटी गार्डसमेत राख्नुपरेको छ ।

ग्रामथानमा जम्मा ३६ कार्यपालिका सदस्यहरूमध्ये माओवादीबाट अध्यक्ष माझी र एक जना वडाध्यक्ष छन् । बाँकी एमाले र कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरूसँग मिलेर उपाध्यक्ष थारूले आफूलाई काम गर्न नदिएको गुनासो अध्यक्ष माझीको छ । जनताले अत्यधिक मत दिएर पालिकाको नेतृत्व गर्न पठाएको भए पनि यहाँका जनप्रतिनिधिले आफूलाई स्वीकार नगरेको अध्यक्ष माझीको दुःखेसो छ ।

अध्यक्ष माझीप्रति उपाध्यक्ष पक्षको आक्रोश पनि उत्तिकै छ । माझीले एक्लौटी रूपमा बजेट ल्याउन खोजेको, विधि प्रक्रिया नपुर्‍याइ बाटोबाटै गाडी खोसेको, उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिएर विदेश भ्रमण गएको अनि प्रतिशोध राखेर डोर हाजिरीका २६ जनामध्ये ६ कर्मचारीलाई निकालेको आक्षेप उपाध्यक्ष थारूको छ ।

पछिल्लो समय अधिकारभन्दा माथि उक्लिएर अध्यक्ष माझीले उपाध्यक्ष नेतृत्वको किसान समितिलाई भंग गरेर पालिकाभित्रका दुई सहकारीलाई मल वितरणमा रोक लगाएपछि उनीहरू रुष्ट बनेका छन् । कानुनी राज्यको धज्जी उडाउँदै केन्द्रीय नेताहरूको इसारामा आफूअनुकुल निर्णय गरेको बताउँदै उपाध्यक्ष थारू पद्दतिअनुरूप चल्न नसक्दा अध्यक्षकै कारण पालिका अस्तव्यस्त बन्न पुगेको आरोप लगाउँछिन् ।

अन्य जनप्रतिनिधिको कुरा सुन्नेसमेत धैर्यता अध्यक्षमा नभएका कारण पनि पालिकाका प्रायः बैठक स्थगन हुनेगरेको तर्क उपाध्यक्षको छ ।

दुई पक्षबीचको प्रतिष्ठाको लडाइँले गर्दा ग्रामथानमा संघीय सरकारबाट बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत् आएको २ करोड ७५ लाख रुपैयाँको बजेट फ्रिज भएको छ भने लोहन्द्रा खोला ठेक्का लाग्न सकेको छैन । खोला ठेक्का नलाग्दा करिब तीन करोडजति राजश्व गुमेको मात्र छैन, लाखौं खर्चिएर गरेको प्रारम्भिक वातवरणीय प्रतिवेदन पनि काम नलाग्ने अवस्थामा पुगेको छ ।

यसैगरी, अध्यक्ष र उपाध्यक्षबीचको टकरावले गर्दा पालिका बन्धक सरह बनेपछि सामाजिक सुरक्षा भत्ताको नवीकरण, जग्गा रोक्कालगायत काममा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । यस्तै, जग्गाको वर्गीकरण गर्ने काम रोकिएको छ भने सुकुम्बासीलाई धनीपूर्जा वितरणको काममा अन्यौलता सिर्जना भएको छ । डोर हाजिरी र करारका कर्मचारीको म्याद थप्ने काममा रुकावट आउँदा उनीहरूको जागिर धरापमा छ । गाउँसभा बस्न नसक्दा सडक स्तरोन्नतिको काम रोकिएको छ ।

उनीहरूको भिडन्तकै कारण पालिकाका स–साना विषय न्यायालयसम्म पुग्ने गरेका छन् । तीनवटा मुद्दामा अदालतले उपाध्यक्ष थारूको पक्षमा फैसला सुनाइसकेको छ भने पछिल्लो समय पालिकाभित्रै खुकुरी नचाएको घटनामा अनुसन्धानमा जारी छ । यी र यावत घटनाक्रमकै कारण ग्रामथान गाउँपालिका देशभरि नै चर्चाको शिखरमा छ ।

पालिकाको अस्तव्यस्तताको प्रभाव दिनानुदिन बढ्दै जाँदा पालिकाबासी आजित बनिसकेका छन् । उत्कर्षमा पुगेको पालिकाको विवादलाई निकास दिन नसकेमा पालिकाबासीको हैरानी आक्रोशमा परिणत हुन सक्ने देखिएकोले बेलैमा जनप्रतिनिधिहरू एकमत भएर समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने देखिएको छ ।

प्रकाशित समय: शुक्रबार २४ साउन, २०८२, ०७:५५:०३

सम्बन्धित खबर

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ घण्टाअघि

आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ घण्टाअघि

विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
८ घण्टाअघि
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०