नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ साउन, २०८२
१ वर्षअघि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई दक्षिण एसियाको ‘सिलिकन भ्याली’ का रूपमा विकास गर्न सकिने बताउँदै जापानी लगानी र सहकार्यका लागि आह्वान गरेका छन्।

जापान–नेपाल आइटी एसोसिएसन (जेएनआइटिए) ले काठमाडौँमा आयोजना गरेको जापान–नेपाल आइटी फोरम २०२५ मा मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले सूचना प्रविधिको केन्द्र बन्न उपयुक्त रहेको बताए। उनले भने, “जापानी नवप्रवर्तन, लगानी र प्रविधिमा नेतृत्वलाई नेपालले स्वागत गर्न चाहन्छ।”

Advertisement

सरकार नियामकीय स्पष्टता, नीतिगत समन्वय र संस्थागत सहयोग दिन तयार रहेको उल्लेख गर्दै उनले नेपालको डिजिटल यात्रामा जापानी लगानीकर्ताहरू, अनुसन्धानकर्ता र उद्यमीहरूलाई सहभागी हुन आग्रह गरे।

फोरमले दुई देशबीचको डिजिटल सम्बन्धलाई संस्थागत आधार दिने विश्वास व्यक्त गर्दै उनले सम्मेलनलाई ऐतिहासिक उपलब्धि भने। उनले जापान सरकार, नेपालस्थित जापानी दूतावास, आयोजक संस्था, उद्योग साझेदार र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

उनका अनुसार, सम्मेलनमार्फत नेपाल–जापान आइटी करिडोरको जग बस्ने अपेक्षा गरिएको छ। “हामी यसलाई दीर्घकालीन रणनीतिक साझेदारीको सुरुवात मानिरहेका छौं,” उनले भने, “नेपालसँग युवाशक्ति, भूगोल र स्रोत छ, जसले यसलाई डिजिटल केन्द्र बनाउने सामर्थ्य दिन्छ।”

सरकारले आइटी हब, कम्प्युटिङ केन्द्र, बीपीओ र सफ्टवेयर आउटसोर्सिङका लागि जापानी लगानीलाई स्वागत गर्ने स्पष्ट संकेत दिएको छ। उनले नीति, कर छुट, पूर्वाधार र एकद्वार प्रणालीमार्फत लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाए।

‘डिजिटल नेपाल फ्रेमवर्क २।०’ अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासन क्षेत्रलाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यमा जापानसँग प्रविधि तथा लगानीमा सहकार्य खोजिएको उनले बताए।

हरित ऊर्जामा आधारित डेटा सेन्टर, ग्रामीण स्याटेलाइट, फाइभजी, फाइबर अप्टिक, टेलिकम सुधार र साइबर सुरक्षाजस्ता क्षेत्रमा समेत सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। साथै, एआई एक्सेलेन्स सेन्टर र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न समेत जापानसँग सहकार्यको प्रस्ताव गरिएको छ।

कार्यक्रममा सांसद डा। स्वर्णीम वाग्लेले जापानसँग प्राविधिक क्षेत्रमा ठूला व्यवसाय सुरु गर्नुपर्ने औंल्याउँदै युवाहरूको भविष्य आइटीमै रहेको बताए। उनले लगानी भित्र्याउनुका साथै बाहिर लैजान सकिने नीति आवश्यक रहेको धारणा राखे।

जेएनआइटिए अध्यक्ष शरद राईले जापानमा आइटी क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै नेपाली उद्यमीले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा जापानका विज्ञ, व्यवसायी र नेपाली युवा उद्यमीबीच प्राविधिक छलफल पनि भएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०