सिन्धुपाल्चोकमा बच्चा जन्मिएपछि खुल्यो किशोरी बलात्कारको घटना

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ साउन, २०८२
१ वर्षअघि

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो ।

सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताइन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार किशोरीले विभिन्न समयमा आफूलाई जबरजस्ती करणी गरेको भनेपछि अनुसन्धानका लागि सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको छ । ‘पेटमा दुखेको भनेर अस्पताल ल्याइएकी ती किशोरीको परिवारले समेत गर्भवती भएको पत्ता नपाएको पाइयो,’ प्रहरी प्रवक्ता खरेलले भने ।

घटनाको गाम्भिर्यतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०