नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आज पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताए ।

‘नवप्रवर्तन र भविष्यका लागि सोचेका छौँ, नेपाली उपभोक्तालाई भविष्यसँग जोड्न चाहन्छौँ, नाडा अटो सो–२०२५ लाई नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय, उन्नत प्रविधि र भविष्यतर्फको कदमका रूपमा लिएका छौँ’, उनले भने ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा एक सय २५ भन्दा बढी प्रदर्शकका १९ वटा चारपाङ्ग्रे सवारी, १३ वटा हल्का व्यावसायिक सवारीसाधन, चार वटा दुईपाङ्ग्रे सवारी र ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) बिक्रीका लागि राखिने जानकारी गराइएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ ।

अटो प्रदर्शनीमा युनिट्री रोबोट्सका स्वचालन र कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपाङ्ग्रे रोबोटहरू मुख्य आकर्षण रहने अध्यक्ष चौधरीले जानकारी गराए । ‘यो प्रदर्शनी मात्र नभइ नेपालको दिगो, आधुनिक र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो’, उनले भने ।

‘गो फर मुभ’भन्ने नारासहित आयोजना हुने यस वर्षको प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीतन्त्रलाई एकै छानामुनि ल्याउने विश्वास लिइएको छ । सशक्त साझेदारी र व्यवस्थापनसहित हुने यस प्रदर्शनीका लागि तीन लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सुविधाजनक क्षेत्र विभाजन गरी चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स, वित्तीय सेवालगायत सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

उपाध्यक्ष राजनबाबु श्रेष्ठले नाडा अटो नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल आटो मोबाइल क्षेत्रलाई सुरक्षित, विश्वासनीय र अन्तरराष्ट्रियस्तरको विश्वासिलो बनाउन लागिपर्ने बताए ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, २१:०२:५२
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०