कक्षा १२ को परीक्षामा कान्तिपुर कलेजको सर्वोत्कृष्ट नतिजा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै आएको विराटनगर महानगरपालिका-१० मा अवस्थित कान्तिपुर कलेजले पुनः एक पटक आफ्नो शैक्षिक क्षमताको प्रमाण पेस गरेको छ ।

कलेजका विज्ञान ,व्यवस्थापन , तथा होटेल व्यवस्थापन संकाय पढाइ हुने यस कलेजका छात्र राजनारायण महतोले ३.९६ जिपिए प्राप्त गरी नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् ।

तिनै संकायमा गरेर ३.६१ देखि ४.०० जिपिएसम्म ३७ जना, ३.२१ देखि ३.६० सम्म ३५८, २.८१ देखि ३.२० सम्म १८७, २.४१ देखि २.८० सम्म १५३, २.०१ देखि २.४० सम्म ७४ गरि ९४ प्रतिशत विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको हो ।

सुरुदेखि नै गुणस्तरीय शिक्षामा प्रतिबद्ध यस कलेजले विद्यार्थीहरूको भविष्य निर्माणमा खेलेको भूमिकालाई अभिभावक, विद्यार्थी र शैक्षिक क्षेत्रका विज्ञहरूले अत्यधिक प्रशंसा गरेका छन् ।

विशेषगरी विज्ञान संकायमा कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षकहरू, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणद्वारा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै आएको छ ।

कलेजका प्राचार्य भुवन नेपालले आफूहरू विद्यार्थीको अंकमा मात्र नभएर जीवनका हरेक क्षेत्रमा सफलता दिलाउने शिक्षामा विश्वास गर्ने  बताए ।

‘३.९६ जिपिए ल्याउनु मात्र सफलता हैन उच्च शिक्षाका लागि मेडिकल,इन्जिनियरीङ, बैंकिङ्,निजामति एवम् विभिन्न क्षेत्रमा उल्लेख्य विद्यार्थीहरुको सफलता प्राप्त गर्नु हाम्रो उदेश्य हो । संस्कार सहितको सीपमूलक शिक्षामा जोड दिइ प्रयोगात्मक सिकाइमा जोड दिनु कान्तिपुरको विशेषता हो,’ उनले भने ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन पढ्न चाहने विद्यार्थीका लागि यो कलेज अब प्रथम रोजाइको केन्द्र बन्दै गएको छ।

हाल कान्तिपुरमा ११ र १२ मा करिब दुई हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

हालै आएको २०८१ को एसइई परीक्षाको नतिजामा पनि यसै विद्यालयकी छत्रा आयुषा कार्कीले ४.०० जिपिए ल्याएकी थिइन्।

आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शद्वारा कलेजले देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान कायम राखेको छ।

कान्तिपुर कलेजले देखाएको प्रतिबद्धता र उपलब्धिहरूले नेपाली शिक्षा क्षेत्रमै सकारात्मक ऊर्जा थपेको छ ।

आगामी दिनमा पनि यस्तै सफलता दोहोर्‍याउँदै जाने कलेजका प्राचार्य नेपालले जानकारी दिए ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, १६:२०:०१

सम्बन्धित खबर

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०