कोशीका तीन जिल्लामा २२ वटा ट्रान्सर्फमर चोरी, ग्रामथानका दुईसहित १२ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
११ महिनाअघि

विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा शृङ्खलाबद्ध रूपमा ट्रान्सर्फमर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी, मोरङ र झापाका विभिन्न स्थानबाट २२ वटा ट्रान्सफर्मर चोरी गर्ने सात जना र चोरिएको ट्रान्सर्फमर किन्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चोरीमा संलग्न भएको आरोपमा प्रहरीले जिल्ला मोरङ ग्रामथान गाउँपालिका– ४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका – २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र देश भारत घर दुहबी नगरपालिका – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियालाई पक्राउ गरेको हो ।

यसैगरी, चोरीको सामान किनेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ३ का ५३ वर्षीय लक्ष्य प्रधान, मोरङ विराटनगर महानगरपालिका – ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी नगरपालिका– ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी २ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का ३९ वर्षीय सिताराम राईलाई पक्राउ गरेको हो ।

गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएको थियो ।

ट्रान्सफर्मर चोरी गर्ने गिरोहले चोरी गर्दै खरिद गर्ने व्यक्तिलाई बेच्दै आएका थिए ।

यो गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको थियो ।

प्रहरीले चोरीमा प्रयोग भएका औजार डायल रेन्च थान २२, सलाई रेन्व थान ३, पिलास थान ३, पेचकस थान ३, छिनो थान १, साङली धान १, कैची थान १, ह्याक्सो बिलेट ३ थानलगायत सामान बरामद गरेको छ ।

प्रहरीले चोरीमा प्रयोग भएको ६ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

यो गिरोहले गत माघ १५ गतेदेखि चोरी गर्दै आएको थियो साउन ९ गते मोरङको रंगेली नगरपालिका– ९ इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुगेको थियो ।

ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा टोली खटिएको थियो ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, १५:४२:३३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०