मोरङमा धानखेतमा भेटियो दुईवटा शव

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । मोरङका दुई फरक स्थानमा दुई जना व्यक्तिको शव भेटिएको छ ।

मोरङको उर्लाबारी र बेलबारी नगरपालिकाको धानखेतमा दुई व्यक्तिको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू आफ्नै घर नजिकको धानखेतमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाएको छ ।

यसैगरी, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव पनि सोमबार साँझ आफ्नै खेतमा मृत फेला परेका छन् ।

उनी साँझ करिब ६ः३० बजे युरिया मल छर्न भन्दै घरबाट खेततर्फ निस्किएका थिए ।

तर, केहीबेरमै उनको शव घोप्टो परेको अवस्थामा खेतमै फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले ऋषिदेवको शव पनि घोप्टो परेको अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा कुनै स्पष्ट घाउचोट नदेखिएको जनाएको छ ।

दुवै जनाको मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे केही ठोस जानकारी आउन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, १३:५७:११

सम्बन्धित खबर

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०