कक्षा १२ मा अंग्रेजी, लेखा र नेपाली विषयमा धेरै अनुत्तीर्ण, कारण यस्तो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
११ महिनाअघि

१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार विद्यार्थीहरू अंग्रेजी, लेखा र नेपाली विषयमा धेरै अनुत्तीर्ण भएको पाइएको छ ।

शिक्षक आन्दोलनका कारण अन्योलकाबीच गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

उक्त परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए ।

अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको छ । नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कूल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

आंशिकतर्फ ३६.४९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

बोर्डले प्रश्नपत्रमा सुधार गरेकाले पनि नतिजा राम्रो आएको प्रारम्भिक निचोड निकालेको छ ।

बोर्डका अध्यक्ष शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी र लेखामा भएका छन् ।

अंग्रेजीमा ६६ हजार २ सय ७५, लेखामा ४१ हजार २६३, सामाजिकमा ३३ हजार ९२१ र नेपालीमा २८ हजार ३५६ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, ०६:१५:३६
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मङ्गलबार ३० असार, २०८३
विराटनगरको सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ
मङ्गलबार ३० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०