कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१ वर्षअघि

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज बिहान कालीगण्डकी नदीमा पानीको बहाव यस वर्षयताकै उच्च विन्दुमा पुगेको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उनले बिहानदेखि नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको बताए । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि आज बिहान सात दशमलब ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा रोकिएकाले बहाव घट्दै जाने सम्भावना रहेको उनले बताए । कालीगण्डकी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन् ।

बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत चिन्तित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको तिलक पराजुलीले जानकारी दिए । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रूपमा क्षति पुगेको उनको भनाइ छ । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।

कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण जोखिममा परेका छन् । विगत १६ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । २०६६ साल असोज २१ गते बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभरि त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए ।

प्रकाशित समय: आईतबार १९ साउन, २०८२, ०९:३१:४४
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०