बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१२ महिनाअघि

एजेन्सी । टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ । ‘पाँचधारे बजार पहिराको जोखिममा परेको छ’, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।’

बजार क्षेत्रका आठवटा घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । अहिले पनि जमिन चर्किएको स्थानमा सामान्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनले बताए ।

प्रकाशित समय: आईतबार १९ साउन, २०८२, ०८:४२:५३
मोरङकाे रंगेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार ३१ असार, २०८३
कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य
बुधबार ३१ असार, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०