८१ वर्षको उमेरमा नागरिकता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया राईले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छिन् । उनलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

चौदण्डी गढी नगरपालिका– १ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेकी हुन् ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकी वृद्धा राईको चौदण्डी गढी नगरपालिका– १ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमानको मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या भएको थियो ।

बुढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए पनि आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएकी थिइन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार चौदण्डी गढी– १ का वडा प्रतिनिधिहरूको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब उनले सामाजिक सुरक्षा भत्ताको लागि पनि तत्कालै पहल र राष्ट्रिय परिचयपत्रको नम्बर पनि व्यवस्था गरिएको प्रजिअ लुइँटेलले बताए ।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद भएको प्रजिअ लुइँटेलले बताए । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौदण्डी गढी– १ का वडाध्यक्ष राईले जानकारी दिए

प्रकाशित समय: शनिवार १८ साउन, २०८२, ११:११:१४

सम्बन्धित खबर

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
मेक्सिकोले एभोकाडो उत्पादन क्षेत्रमा सुरक्षा कडा बनायो
शुक्रबार २२ साउन, २०८३
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
शुक्रबार २२ साउन, २०८३
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०