मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार रङ्गशालाको अवलोकन गर्दै उनले रङ्गशालाको निर्माण व्यवस्थित रूपमा भइरहेको उल्लेख गरे। भद्रपुर क्रिक्रेट क्लबले मेची बहुमुखी क्याम्पसको जग्गा लिजमा लिएर रङ्गशाला निर्माण गरेको हो । रङ्गशालाको निर्माणमा कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय क्रिक्रेटप्रेमीको ६० लाख रुपैयाँ भन्दा बढी लगानी भइसकेको क्लबका अध्यक्ष आदित्य पराजुलीले अवलोकनका क्रममा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए  । मुख्यमन्त्री कार्कीले मैदान र अन्य भौतिक संरचना सन्तोषजनक रूपमा निर्माण भइरहेको बताए । उनले रङ्गशालालाई प्रदेशकै उत्कृष्ट क्रिक्रेट मैदानका रूपमा विकास गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर अघि बढ्न क्लबलाई सुझाव दिए ।

‘डिपिआर बनाएर अघि बढ्नुहोस्, प्रदेश सरकारबाट के–कस्तो सहयोग चाहिएको हो, हामी सहयोग गर्न तयार छौँ’, उनले भने । राष्ट्रिय क्रिक्रेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरू झापाकै रहेका उल्लेख गर्दै भद्रपुर-८ का वडाध्यक्ष मनोज सुब्बाले झापाको गौरव बढाउने लक्ष्यसहित भद्रपुरमा अन्तरराष्ट्रियस्तरको क्रिक्रेट रङ्गशाला बनाउन थालिएको बताए । उनले हाल तयार भएको उक्त मैदानमा आठ हजार दर्शक अट्ने र यही वर्ष क्लबले कोशी प्रिमियर लिग आयोजना गर्न लागेको जानकारी दिए । रङ्गशाला निर्माणपछि झापाका क्रिक्रेटप्रेमीहरू  उत्साहित भएका उनको भनाइ छ । मेची बहुमुखी क्याम्पसको १६ बिघा क्षेत्रफलमध्ये चार बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भएको हो । वार्षिक ५० हजार रुपैयाँ भाडाबापत तिर्ने शर्तमा २५ वर्षका लागि उक्त जग्गा क्याम्पससँग क्लबले लिएको उनले जानकारी दिए ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १९:१५:५१

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
११ घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
११ घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०