मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई गराए ध्यानाकर्षण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका सांसदहरूले आज मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटी औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा प्रदेशका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ । प्रतिपक्षी सांसदहरूले जलस्रोत संरक्षणका दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालको जीवनरेखा भनिने चुरे क्षेत्रको दोहन रोक्नु, जलाशय निर्माण गर्नु र सतही तथा भूमिगत सिँचाइ योजनालाई प्राथमिकतामा राखी कार्य अघि बढाउन माग गरे ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘मधेस प्रदेशलाई दीर्घकालीन रूपमा जलसङ्कटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ । सरकार मौन बस्न पाउँदैन । ’कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग माग गरिएको हो । साथै, नदीनाला, कुलो, पैनीहरूका जीर्णोद्धार गरी सतही सिँचाइ प्रणाली व्यवस्थित गर्नुपर्ने माग पनि गरिएको छ । पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेता यादवले अविलम्ब राहतको व्यवस्था नगरेमा चुप लागेर नबस्ने सडकमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।ध्यानाकर्षणपत्र बुझाउने टोलीमा जनता समाजवादी पार्टी नेपालसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि उपस्थिति थियो ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १८:५२:११
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ गठन गर्दै
बिहिबार २१ साउन, २०८३
तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित
बिहिबार २१ साउन, २०८३
ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
बिहिबार २१ साउन, २०८३
सुनको मूल्य तीन लाख नजिक, एकै दिन तोलामा ८ हजारले वृद्धि
बिहिबार २१ साउन, २०८३
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी
बिहिबार २१ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ
बिहिबार २१ साउन, २०८३
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०