अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागु हुने ३० प्रतिशतको नयाँ अमेरिकी कर नीतिको कारण निराशा फैलिएको  छ । बहुमूल्य वाइनमा पहिले विशेष व्यापार सम्झौता अन्तर्गत अमेरिकी कर छुट दिइएको थियो सम्झौताले कागतीजन्य फल, ‘मकाडामिया’ र एभोकाडोसहित धेरै दक्षिण अफ्रिकी उत्पादनहरूलाई संरक्षण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रको सुधार तथा विश्व व्यापारलाई पुनः आकार दिन अर्को हप्ताबाट लागु हुने गरी नयाँ कर घोषणा गरेपछि अफ्रिकी किसान मारमा पर्ने भएका हुन् । नयाँ करहरू लागु हुनुभन्दा केही हप्ता अघि ‘ग्राहम बेक इस्टेट’ नामक एक प्रख्यात वाइन उत्पादकले लगभग तीन लाख बोतल अमेरिकी बजारमा पठाएको महाप्रबन्धक पिटर फेरेराले बताए । नयाँ कर घोषणापछि कृषि मजदुरहरूले बिरुवाहरू काटिरहेको उल्लेख गर्दै फेरेराले यस वर्ष उल्लेख्य भण्डार राख्ने उद्देश्य रहेको बताएका छन् । अमेरिकी बजारले ‘ग्राहम बेक इस्टेट’को वार्षिक उत्पादनको लगभग १५ प्रतिशत व्यापार सहजीकरण गरी १३५ जनालाई रोजगारी दिएको उनले बताए ।  दक्षिण अफ्रिकाको कृषि निर्यातको चार प्रतिशत, लगभग ४६०० मिलियन मूल्य, अमेरिकी बजारद्वारा निर्धारित भएको कृषि च्याम्बरले जनाएको छ ।

एक लाख रोजगारी जोखिममा

Advertisement

सन् २०१७ को पछिल्लो तथ्याङ्क अनुसार रङ्गभेदको अन्त्य भएको दशकौँपछि पनि कृषियोग्य जमिनको ७० प्रतिशत भन्दा बढी अल्पसङ्ख्यक श्वेत समुदायको स्वामित्वमा रहेकाले यिनीहरु नै ट्रम्पको नयाँ करबाट सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ । तिनीहरूमध्ये धेरै अफ्रिकीहरू छन् । फेरेराले किसानहरूको मर्का नबुझी कृषि उत्पादनमा ३० प्रतिशत कर लगाएर किसानहरूलाई दण्डित गरिएको बताए । बढ्दो शुल्कले दक्षिण अफ्रिकामा  रोजगारी गुमाउन सक्ने केन्द्रीय बैङ्कका प्रमुख लेसेत्जा कगान्यागोले बताए । कृषिले धेरै कामदारहरूलाई रोजगार दिने भएकाले ‘कृषि क्षेत्रको प्रभाव एकदमै विनाशकारी हुनसक्ने  केगन्यागोले बताए । उनका अनुसार दक्षिण अफ्रिकाको अमिलो जातको फलको उत्पादनको छ देखि आठ प्रतिशत संयुक्त राज्य अमेरिकामा पठाइन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०