नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरेको छ ।
सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो । उल्लिखित पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।
कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमित रूपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित नापतौल यन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानुनी दायरामा ल्याएको बताए ।

प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिई बढी रकम लिने गरेको गुनासोका आधारमा कानुनबमोजिम कारबाही गरिएको हो ।
सो अवधिमा दुई हजार ६३० व्यवसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत दखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ ।
पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०८१ मा उक्त कार्यालयले ४० लाख ६७ हजार दुई ४२ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा अप्ठ्यारो भएको, भाडाको सानो घरमा बस्दा काम गर्ने वातावरण नभएको, डोरको अनुगमन तथा खटनपटनका लागि सवारीसाधनको सुविधा नभएको र कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसमेत नभएको गुनासो गरे ।

 

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १६:४६:५४

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
४ घण्टाअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१२ घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
३ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०