फिजीले भारतको सहयोगमा एक सय शैय्याको विशेषज्ञ अस्पताल निर्माण गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१ वर्षअघि

दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित टापु राष्ट्र फिजीले भारतको सहयोगमा नयाँ अस्पताल निर्माण गर्ने भएको छ । फिजीका उपप्रधान एवम् अर्थमन्त्री प्राध्यापक विमन प्रसादले भारतको सहयोगमा १ सय शैय्याको विशेषज्ञ अस्पतालको निर्माणकार्य चाँडै शुरु हुने बताएका हुन् ।

फिजीको राजधानी सुभामा आयोजित ट्रेड युनियन कंग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री प्रसादले पछिल्लो समय आफ्नो मुलुकमा स्वास्थ्य उपचारको अवस्था अझ खराब बन्दै गएको स्वीकार गरे । अहिलेभन्दा सन् ७०, ८० र ९० को दशकमा फिजीको स्वास्थ्य सेवा राम्रो रहेको भन्ने विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै उनले आफ्नो सरकारले स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखेको पनि जानकारी दिए ।

द अस्ट्रेलिया टुडेका अनुसार उनले अबको पाँचदेखि सात वर्षमा फिजीको स्वास्थ्य प्रणाली ‘प्रथम स्तरको’ हुने पनि दाबी गरे । उनले देशभर रहेका अस्पताल र स्वास्थ्य सेवा केन्द्रको स्तरोन्नति र मर्मतमा सरकारले विशेष ध्यान दिइरहेको पनि जानकारी दिए ।

हाल अस्ट्रेलिया सरकारको सहयोगमा कदाभु क्षेत्रमा रहेको भुनिसा अस्पतालको स्तरोन्नति भइरहेको र राजधानी सुभामा रहेको कोलोनियल वार मेमोरियल अस्पतालको जिर्णोद्दारको काम पनि जारी रहेको उनको भनाइ छ । उनले हाल मुलुकभर २७ वटा स्वास्थ्य पूर्वाधार निर्माणको परियोजना सञ्चालन भइरहेको उक्त अवसरमा जानकारी दिए ।

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, २१:४३:०५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०