नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्न पर्छ : सदस्य थापा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१ वर्षअघि

नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी नेतृत्वमाथि अनावश्यक आक्रमण र घेराबन्दी भएको बताएको छन् ।

एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बेला योजनाबद्ध तरिकाले षड्यन्त्रपूर्वक आक्रमण र घेरिबन्दी भएकोले युवाहरूले तोड्न पर्ने समेत बताए ।

Advertisement

राष्ट्रिय युवा संघ नेपाल बाजुराले आयोजना गरेको साउन १५ विशेष खिर खाने कार्यक्रममा बोल्दै थापाले युवाहरूले सत्यको पक्षमा उभिएर पार्टी नेतृत्व माथिको घेराबन्दी तोड्नु पर्ने धारणा राखेका हुन् ।

ओली नेतृत्वको सरकार र पार्टी नै देशका लागि आवश्यक रहेको कुरा कामबाटै स्थापित हुन थालेपछि विरोधीहरू सलबलाएको थापाको दाबी छ ।

सरकारको प्रशंसा गर्दै थापाले देशको समृद्धि र विकासका लागि पनि एमाले र ओली नै आवश्यक भन्ने कुरा कामबाट प्रमाणित भएको दाबी गरे ।

खानी उल्खलनको सपना देखि खेल मैदान, सडक बाटो देखि शैक्षिक सुधार र राजस्व वृद्धि देखि निर्यातको तथ्यांकले नै ओली देश र जनताको नेता भन्ने स्थापित भएको थापाको भनाई छ ।

कामले नै धेरै कुरा प्रमाणित भइसकेकोले अतालिएका र डराएका तत्त्वहरूले देशी विदेशी शक्ति प्रयोग गर्न खोजेको आरोप थापाले लगाएका छन् ।

युवा शक्ति नै गलत बाटोमा लागे देश नै बरबादीतर्फ धकेलिने भएकोले त्यसमा सचेत र सजग हुन युवाहरूलाई आग्रह गरेका थापाले समग्र युवालाई सत्यका पछि लाग्ने वातावरण निर्माणको अगुवाइ राष्ट्रिय युवा संघ नेपालले गर्नु पर्ने बताएका छन् ।

साउन १५ लाई खिर खाने दिनको संयोग पनि पौरखी किसानको उत्सव नै भएकोले गरी खाने प्रेरणाका लागि यो सन्दर्भ कामयापी भएको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष लालबहादुर ओलीले संगठन र सम्बन्धलाई खिर जस्तै मिठो र लोभलाग्दो बनाइराख्नु पर्नेमा जोड दिएका छन् । बलियो संगठन र मिठो सम्बन्ध नै जीवनका लागि कामकाजी र उपयोगी हुने कुरामा ध्यान दिन पनि ओलीले आग्रह गरेका छन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश सचिवालय सदस्य गगन रावल, जिल्ला सचिव काशी विक, सचिवालय सदस्य अमर खड्कालगायत सहभागी थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०