विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी देश विकासमा फर्काऔँ : डा. महत

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१ वर्षअघि

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले लोकतान्त्रिक परिवर्तनले नेपाली समाजमा ल्याएको व्यापक रूपान्तरण, प्रवासमा रहेका नेपालीको महत्त्व र सामाजिक सञ्जालको चुनौतीबारे विचार व्यक्त गरेका छन् ।

उनले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना आउन पाउँदा हर्षित भएको बताए ।

‘नेप्लीज होइन, अब ‘नेपाली’ पहिचानको सम्मान

डा. महतले नेपालीको पहिचानलाई सही ढंगले प्रतिनिधित्व गर्न ‘नेप्लीज’ को सट्टा ‘नेपाली’ लेख्न सुरु गरिएको स्मरण गर्दै भने, ‘मन्त्रिपरिषद्बाट मैले नै त्यो निर्णय गराएको थिएँ, र आज प्रवासमा पनि यो प्रयोग देख्दा गर्व महसुस गर्छु ।’

परिवर्तनपछि बढ्यो आकांक्षा, खुल्यो अवसरको ढोका

लोकतन्त्र स्थापनापछि नेपाली समाजमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उनले भने, ‘पहिले भाग्य मान्ने र चुप लाग्ने नेपाली, आज अधिकार खोज्न सिकेका छन् । लोकतन्त्रले नागरिकमा आत्मविश्वास भरेको छ ।’

आफ्नै अनुभव सुनाउँदै उनले भने, ‘फुलब्राइट छात्रवृत्तिमा छनोट भए पनि २०४५ सालमा पासपोर्ट नपाएको र २०४६ सालको जनआन्दोलन सफल भएपछि मात्रै विदेश जान पाएको थिए ।‘

देशभित्र अवसर नहुँदा विदेशी भूमिमा भिजेको पसिना

नेपालबाट जनशक्ति पलायन हुनुको मूल कारण देशभित्र पर्याप्त अवसर नहुनु भएको उनको ठहर छ। उनले विदेश पलायनका सकारात्मक पक्ष-जस्तै शिक्षा, अनुभव, पुँजी र चुनौती देशभित्र म्यानपावर अभाव दुबैलाई औँल्याउँदै भने, ‘विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी अब देश विकासमा फर्काउनुपर्छ ।’

दक्षिण कोरियालीहरूको उदाहरण दिँदै उनले भने, ‘हामी पनि नेपाल फर्किनु पर्छ। हाम्रो मन नेपालमै छ, मौका मिल्यो भने धेरै नेपाली पुनः आफ्नै भूमिमा फर्कनेछन् ।’

सामाजिक सञ्जाल: अवसर पनि, चुनौती पनि

सामाजिक सञ्जालमार्फत नागरिक सशक्त बनेको उल्लेख गर्दै उनले भने, ‘अब व्यक्तिले बिना टिभी, रेडियो आफैँ बोल्न सक्छ । तर, झुटो कुरा बारम्बार दोहोर्‍याउँदा त्यो नै सत्य ठानिन्छ यहीँ खतरा छ ।’

बीपी कोइरालाको भनाई उद्धृत गर्दै उनले भने, ‘जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ ।’ उनले सत्य बुझेकाहरू चुप लाग्नु देशका लागि खतरा हुने चेतावनी दिए ।

प्रगति ढिलो भए पनि बाटो ठिकतर्फ

नेपालको विकास ढिलो सुरु भएको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै उनले भने, ‘७५ वर्षअघि नेपालमा बाटो थिएन, साक्षरता २ प्रतिशत भन्दा कम थियो । आज लगभग हरेक बच्चा स्कुल जान्छन् ।’

नेपालीको औसत आयु ५४ वर्षबाट ७३ वर्षमा पुगेको तथ्य प्रस्तुत गर्दै उनले थपे, ‘राजनीति सिधा रेखामा नचले पनि नेपाल गलत बाटोमा गएको छैन । गति अपेक्षितभन्दा ढिलो भए पनि दिशा भने सही छ ।’

दलगत स्वार्थभन्दा माथि उठेर देशका लागि काम गर्न आह्वान

उनले नेपालको समृद्धिको यात्रालाई तीव्र बनाउन राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राख्न राजनीतिक दलहरूलाई आह्वान गरे ।

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, १९:०४:५७

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
८ घण्टाअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१६ घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
३ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०