भूमि विधेयकमा किचलो गर्नुपर्ने ठाउँ छैन : भूमिमन्त्री अधिकारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१२ महिनाअघि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा आधारमा विधेयकको गलत व्याख्या भइरहेको बताएका हुन् ।

‘यो ऐनमा के छ, कुन कुरा सुधार्न खोज्यो ? र के गर्न खोज्यो भन्दा पनि हिजो यस्तो भएको थियो यो विधेयक आएपछि पनि यस्तै हुन्छ भन्ने हल्ला भइदियो,’ उनले भने ।

विगतमा भूमि वितरणमा गलत काम भएको उल्लेख गर्दै त्यसको सुधार गर्न विधेयक ल्याइएको स्पष्ट पारे ।

उनले विगतका कमजोरी सुधार्दै वास्तविक भूमिपीडितलाई जशग्गा दिन ऐन संशोधन भइरहेको उल्लेख गर्दै अनावश्यक हल्ला फैलाउनुको सट्टा विधेयकको सार र उद्देश्य बुझ्न आग्रह गरे ।

‘यो विधेयकमा किचलो गर्नुपर्ने ठाउँ पनि छैन । विगतमा भूमिको कारोबार गर्ने र वितरण गर्दा मानिसहरूले गलत काम पनि गरेका रैछन्,’ उनले भने, ‘गलत काम भएको पनि छ । बसोबास एउटाको छ जग्गा अर्कैको नाममा दर्ता भएको अवस्था पनि छ । यस्ता कामहरुले गर्दा यो विधेयक पनि त्यही सन्दर्भमा जोडिने त होइन भन्ने हिसाबबाट मात्रै हेरियो ।’

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उद्देश्यले विधेयक अघि सारिएको दोहोर्‍याए ।

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, १८:५४:३०
मोरङकाे रंगेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार ३१ असार, २०८३
कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य
बुधबार ३१ असार, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०