रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
१ वर्षअघि

रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा बुधबार बिहान शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प आएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४:५४ बजे आएको हो । जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो। यो विश्वकै छैटौँ सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो।

Advertisement

भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको छ, जसका कारण धेरै भवनहरूमा क्षति पुगेको छ।

कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियो सन्देशमार्फत बताए अनुसार भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली हो।

भूकम्पपछि आएको सुनामीका कारण जापानमा पनि असर परेको छ । जापानी प्रसारण संस्था एनएचकेकाअनुसार देशको पूर्वी तटमा १ फिट अग्ला सुनामीका लहरहरू पुगेका छन्।

जापान सरकारले लगभग २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ। फुकुशिमा परमाणु रिएक्टर पनि खाली गराइएको छ।

अमेरिकाको हवाईस्थित हनाली खाडीमा पानीको सतह एक्कासि घट्न थालेको छ, जुन सुनामी आउनुअघि देखिने संकेत हो।

इक्वाडोर र रूसको तटीय इलाकामा ३ मिटर (१० फिट) सम्म अग्ला लहरको चेतावनी जारी गरिएको छ।

पेरु, इक्वाडोर र चीनकाका तटीय क्षेत्रहरूमा पनि सतर्कता जारी गरिएको छ।

अष्ट्रेलिया, मेक्सिको, न्यूजील्याण्ड, टोङ्गा, ताइवान लगायतका देशहरूमा १ मिटर अग्ला लहरहरू आउने सम्भावना छ।

अमेरकी भूगर्भीय सर्वेक्षणका अनुसार यो भूकम्प इतिहासकै छैटौँ सबैभन्दा ठूलो हो।

यसअघि सन् २०१० मा चिलीमा र सन् १९०६ मा इक्वाडोरमा यस्तै ८.८ म्याग्निच्युडका भूकम्प आएका थिए। चिलीको भूकम्पमा ५२३ जनाको ज्यान गएको थियो । इक्वाडोरको भूकम्पले १५०० जनाको ज्यान लिएको थियो।

कामचाट्कामै सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प आएको थियो, जसलाई इतिहासकै पहिलो ९ म्याग्निच्यूडको भूकम्पका रूपमा लिइन्छ। त्यो भूकम्पले विशाल सुनामी ल्याउँदै हवाईमा ठूलो क्षति पुर्‍याएको थियो।

अहिले जापानको होक्काइडो, कानागावा, वाकायामा लगायतका क्षेत्रमा सर्वाधिक असर देखिएको छ। सुनामीका कारण फेरी सेवा र हवाइ यातायातमा बाधा पुगेको छ। टोकियो नजिकैको सेनदाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०