भक्तपुरमा तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ साउन, २०८२
१ वर्षअघि

यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरिएका उद्योग मंगलबारदेखि सञ्चालनमा आएका छन् ।

बजारमा बिक्री हुँदै आएको पानीमा दिसामा हुने कीटाणु कोलिफार्म भेटिएपछि चाँगुनारायण नगरपालिकाले  बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगमा तालाबन्दी गरेको थियो ।

Advertisement

नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले त्यस्ता उद्योगलाई बिक्री वितरणमा प्रतिबन्द लगाउँदै तालाबन्दी गरिएकामा सम्पूर्ण रूपमा शुद्धता सुनिश्चित गरिएपछि आजदेखि सञ्चालन गर्न दिइएको बताए ।

त्यहाँका उद्योगको पानी प्रदूषित रहेको गुनासो आएपछि यही साउन ९ र ११ गते उपप्रमुख बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, प्राविधिक, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको टोलीले उद्योगको अनुगमन गरी नमूना संकलन गरेको थियो । नमूना परीक्षणपछि कोलिफार्म भेटिएको थियो । त्यसलगत्तै नगरपालिकाले ती उद्योगबाट पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

यस्ता उद्योगमा अक्वा कर्णाली खानेपानी, जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग, झौखेल खानेपानी उद्योग रहेका छन् ।

नगर उपप्रमुख बुढाथोकीले भने, ‘हामीले पानीको पुनः परीक्षण गर्यौँ, आज आएको रिपोर्टमा पानी शुद्धीकरण गरेको पाइयो, त्यसैले सञ्चालनका लागि अनुमति  दिएका हौँ । फेरि यस्तो भेटिए कानुनअनुसार कारबाही गर्नेछौँ ।’

उनले सबै पानी उद्योगलाई नगरपालिकामा दर्ता एवं नवीकरण गर्न र शुद्धतामा ध्यान दिन आग्रह गरिएको बताए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०