लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१२ महिनाअघि

‘दिगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा यहाँ भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । विश्वका संकटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ ।

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरतासम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवर्द्धन गर्ने, कूटनीतिज्ञका लागि ‘माइन्डफुलनेस’ आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरूको धारणा छ ।

यस्तै, बौद्ध मूल्य र नैतिक सिद्धान्तसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलमा एकीकृत शान्ति पर्यटनलाई प्रवर्द्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरूको निष्कर्ष छ ।

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्था निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान तथा ध्यान निर्देशित गर्ने उपकरणसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा पनि गोष्ठीले जोड दिएको छ ।

यस्तै, ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गरी बौद्ध मूल्यमा आधारित शान्ति सूचकको मूल्यांकन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालय र सरकारी निकायको सहकार्यमा बौद्ध भिक्षु थिंक ट्यांक गठन गरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने गोष्ठीले घोषणा गरेको छ । हरेक वर्ष ‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ गर्ने, अन्तर्राष्ट्रिय कानुन र द्वन्द्व समाधानका लागि बौद्ध कानुनी दर्शनको अध्ययन र प्रयोग प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थासँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ ।

गोष्ठीमा बुद्ध शिक्षा र विश्व कूटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दिगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा छलफल भएको थियो । कूटनीतिक एवम् पूर्वराजदुत प्रा.डा लोकराज बराल, भारतका पूर्वराजदूत डा. अमरेन्द्र खटुवा, पूर्वराजदूत रुचि घनश्याम, पूर्वराजदूत टङ्क कार्कीलगायतका विज्ञले आफ्नो धारणा राख्नुभएको थियो ।  कार्यक्रममा ५८ जना विद्वानले विभिन्न एजेण्डामा रहेर छलफल गरेका थिए ।

गोष्ठीमा पूर्वराजदूत, विभिन्न विश्वविद्यालयका उपकुलपति, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा सुवर्णलाल बज्राचार्यले आगामी वर्षमा पनि गोष्ठीलाई निरन्तरता दिइने बताए।

प्रकाशित समय: सोमबार १३ साउन, २०८२, १९:१७:०८

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता

बिहिबार ३२ असार, २०८३
२ घण्टाअघि

घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद

बिहिबार ३२ असार, २०८३
३ घण्टाअघि

अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी

बिहिबार ३२ असार, २०८३
४ घण्टाअघि

कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने

बिहिबार ३२ असार, २०८३
५ घण्टाअघि

फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना

बिहिबार ३२ असार, २०८३
७ घण्टाअघि

उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण

बिहिबार ३२ असार, २०८३
८ घण्टाअघि
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन
बिहिबार ३२ असार, २०८३
अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी
बिहिबार ३२ असार, २०८३
कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने
बिहिबार ३२ असार, २०८३
फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना
बिहिबार ३२ असार, २०८३
उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
बिहिबार ३२ असार, २०८३
सप्तकोशीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए
बिहिबार ३२ असार, २०८३
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
बिहिबार ३२ असार, २०८३
कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०