जन्मिँदै आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने उपकरण बनाउँदै इलन मस्क

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

इलन मस्कको न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले अहिलेसम्मकै महत्त्वाकांक्षी योजनामा काम गरिरहेको खुलेको छ।

न्युरालिंकले जन्मजात आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउने परियोजनामा काम गरिरहेको सार्वजनिक भएको हो।

Advertisement

उक्त उपकरणलाई ब्लाइन्डसाइट नाम दिइएको छ।

मस्कले विन्सकन्सिनमा आयोजित एक कार्यक्रममा यसको खुलासा गर्दै महत्त्वाकांक्षी परियोजना सफल हुने विश्वास व्यक्त गरेका छन्।

‘ब्लाइन्डसाइट’ नामक यो उपकरणले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)बाट ‘ब्रेकथ्रु डिभाइस’ को मान्यता पाइसकेको बताइएको छ।

यो उपकरणको मानव परीक्षण २०२५ को अन्त्यतिर सुरू गरिने तयारी रहेको मस्कले बताएका छन्।

यो प्रविधिले क्षतिग्रस्त आँखा र अप्टिक स्नायुहरूलाई पूर्ण रूपमा बाइपास गरी यसको सट्टा हजारौं माइक्रो-इलेक्ट्रोडहरू भएको चिप सिधै मस्तिष्कको भिजुअल कोर्टेक्समा प्रत्यारोपण गरिन्छ।

यसले बाहिरी क्यामेराबाट डाटा प्राप्त गरी त्यसलाई न्यूरल स्टिमुलेसनको ढाँचामा अनुवाद गर्छ।  जसले प्रभावकारी रूपमा दृष्टिको एक रूप सिर्जना गरी मस्तिष्कमा पुर्‍याउँछ।

‘हामी यो वर्षको अन्त्यतिर पहिलो प्रत्यारोपण गर्नेछौं।यसले पूर्णरूपमा दृष्टिविहीन भएका व्यक्तिहरूले पनि हेर्न सक्नेछन्,’ मस्कले भनेका छन्।

उनले कम रिजोलुसनबाट सुरू हुने पनि बताएका छन्।

‘सुरूमा प्रारम्भिक निन्टेडो ग्राफिक्स जस्तै हुनेछ। यदी भिजुअल कोर्टेक्समा क्षति पुगेको छैन भने यसले जन्मैदेखि आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउनेछ,’ उनले भनेका छन्।

न्यूरालिंकले आफ्नो अन्य ब्रेन-कम्प्युटर इन्टरफेस परियोजनाहरूमा पहिले नै प्रगति देखाइसकेको छ।

कम्पनीको ‘टेलेप्याथी’इम्प्लान्टको मानवीय परीक्षण पनि सफल भएको छ।

काँधभन्दा तलको भाग पक्षघात भएका नोल्यान्ड अर्बाग दिमागकै आधारमा कम्प्युटर कर्सर नियन्त्रण गर्न, भिडियो गेम खेल्न, र अनलाइन अन्तरक्रिया गर्न सक्षम भएका छन्।

यो सफलताले भिजुअल कोर्टेक्ससँग इन्टरफेस गर्ने थप जटिल चुनौतीको लागि मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पार्किन्सन बिरामीका लागि पनि न्युरालिंकले डिप ब्रेन स्टिमुलेसन (डिबिएस) उपकरणको आविष्कार गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। त्यो उपकरण प्रयोग गर्दा पार्किन्सनका बिरामीहरूमा शरीरका अंग हल्लिने समस्या हटेका समाचारहरू सार्वजनिक भएको थियो।

विज्ञहरूले भने अरू प्रविधिहरूमा केही सफलता प्राप्त भए पनि ब्लाइन्डसाइट सफल हुनेमा शंका व्यक्त गरेका छन्।

वाशिङ्टन विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक आयोन फाइनले चिपको मद्दतबाट हेर्न सक्ने भन्ने दाबीले झुटो आशा दिन सक्ने सम्भावना रहेको बताइन्। उनले दृष्टि सिर्जना गरेर त्यसको संकेत मस्तिष्कमा पठाउन अत्यन्त जटिल विषय रहेको बताएकी छन्।

‘मस्तिष्कमा छविहरू सिर्जना गर्ने जैविक प्रक्रिया धेरै जटिल छ,’ उनले भनिन्, ‘दृष्टिविहीन व्यक्तिहरूको दिमागमा उच्च-रिजोल्युसन छविहरू सिर्जना गर्न वैज्ञानिकहरूले नै अहिलेसम्म  सही ‘न्यूरल कोड’ पत्ता लगाएका छैनन्।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
४५ minutes

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१ घण्टाअघि

पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
३ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०