लोडसेडिङको हल्ला चलेपछि समस्या समाधान गर्न आफैं चितवन पुगे हितेन्द्रदेव

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबारै बिहान चितवन पुगेका छन् ।

सकेसम्म सोमबारबाटै विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेका हुन् ।

चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरू गर्‍यो भनेर हल्ला चलिरहेका बेला शाक्य आफैँ त्यहाँको समस्या समाधान गर्न खटिएका हुन् ।

‘चनौली शाखाको समस्या समाधानका लागि मर्मत जारी छ,’ सोमबार बिहान चितवन पुगे शाक्यले भने,’ ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिका लागि चितवन आइपुगेको छु ।’

उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरुलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए ।

‘म बिहान चितवन पुगेको छ । मेरो टिमका साथीहरूसँग थप जानकारी लिइरहेको छु,’ उनले भने, ‘आज बेलुकासम्म चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत् आपूर्ति हुन्छ।’

निरन्तरको वर्षाको प्रवाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभर खटिरहेको भन्दै उनले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए ।

‘प्राविधिक साथीहरू रातभर काममा खटिइरहनु भएको छ । चनौली, हर्दीलगायतमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौँ,’ उनले भने, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याबारे पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ ।’

उनले मधेस प्रदेशको जनकपुरसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानसहितका समस्या र विद्युत आपूर्तिको अवस्थाबारे पनि अनुगमनसहित बुझ्ने तयारीमा रहेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरिसकेका छन् ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडान सकेर नयाँ ट्रान्फर्मर चार्ज भइरहेको जानकारी दिए ।

उनले त्यो ट्रान्फर्मर चार्ज भइसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुने बताए । सकेकसम्म सोमबारबाटै नियमित विद्युत् आपूर्ति हुनेमा आशावादी रहेको उनले बताए ।

‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ केभी सवस्टेशनमा न्यु भरतपुर बसेनी सवस्टेशनबाट आउने ३३ केभी लाइनमाको बाटो साँघुरो भएको र अत्याधिक लोडका कारण समस्या सिर्जना भएको हो,’ उनले भने, ‘यो समस्या सकेसम्म आजै समाधान गर्छौ । त्यसका लागि हाम्रो टोली रातभरी खटेर भए पनि समाधानको प्रयासमा निरन्तर लागेको छ ।’

चुनौली वितरण केन्द्रको क्षमता ३०० सय एम्पीएरसम्मको क्षमता भए पनि विद्युत् माग बढेर तारमा ४५० एम्पीएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणले जानकारी दिएको छ ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्न बसेनी १३२ केभी सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माण अन्तिम चरणमा रहेको छ ।

प्रकाशित समय: सोमबार १३ साउन, २०८२, १२:२८:२९

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
३ घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२१ घण्टाअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०