प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
१ वर्षअघि

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन आग्रह गरेका छन् ।

नेकपा (एमाले)का सचिव लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष आइतबार भेटी त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सम्बन्धन प्राप्त भई सुदूरपश्चिम प्रदेशमा सञ्चालित १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न आग्रह गरेका हुन् ।

Advertisement

टोलीले भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मङ्गलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस डोटी, शङ्करपुर क्याम्पस दार्चुला, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुरलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्पसमा समायोजन गरिदिन माग गरिएको छ ।

यस्तै पुचौडी बहुमुखी क्याम्पस हाट बैतडी, बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भीमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्सपसमा समायोजन गरिदिन माग गरिएको छ ।

भेटमा अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरीले प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा बखत नै सुदूरपश्चिम विश्वविद्यालयको सभाबाट ती १३ वटा क्याम्पसलाई समायोजन गर्ने निर्णय गरेकोले भन्दै चाँडै समायोजन गर्ने प्रक्रियामा लैजाने  प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
शुक्रबार २३ असोज, २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड
शुक्रबार २३ असोज, २०८३
गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
शुक्रबार २३ असोज, २०८३
मतदान गर्न राष्ट्रिय सभागृह पुगे गगन थापा
शुक्रबार २३ असोज, २०८३
दुर्गा प्रसाईंले पाए ‘नेपाल पथ दल’ दर्ताको प्रमाणपत्र
शुक्रबार २३ असोज, २०८३
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०