हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
१ वर्षअघि

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो ।

केन्द्रमा ती देशबाट छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । विसं २०४९ चैतमा पहिलोपटक यहाँका हात्तीले छावा जन्माएका केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए । उनका अनुसार त्यसयता हालसम्म ६८ वटा छावा जन्मिएकामा सात वटाको मृत्यु भइसकेको छ ।

Advertisement

चौधरीले हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ वटा पोथी रहेका जनाउँदै हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेका उल्लेख गरे । ‘प्रजनन केन्द्रमा २२ वटा हात्ती छन् । तीमध्ये नौ वटा माउ र १३ वटा बच्चामध्ये छ वटालाई तालिम दिएर राखिएको छ । केही दिनमा तिनीहरूलाई पनि पोष्टमा पठाइँदै छ’, उनले भने ।

पछिल्लो समय जन्मिएका सात वटा छावा केन्द्रमा रहेका चौधरीले बताए । यहाँ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोष्टहरूमा पठाउने गरिएको जनाउँदै उनले यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरुप नामकरण गर्ने गरिएको बताए ।

‘पहिले पहिले राजा र राजपरिवारका सदस्यको नाममा नामकरण गरिन्थ्यो । पछिल्लो पटक निकुञ्जमा कार्यरत रहेर हालै निधन हुनुभएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामकरण गरिएको छ’, केन्द्रका प्रमुख चौधरीले भने ।

लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको यही साउन ७ गते न्वारन गरेर वेदगज नाम राखिएको उनले जानकारी दिए । उनका अनुसार हात्तीको छावा जन्मिएको १२औँ दिनमा न्वारन गर्ने प्रचलन छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेशप्रसाद पन्तले वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा धेरै चुनौतीको सामना गर्दै काम गरेकाले उनको सम्मानमा छावाको नामकरण गरिएको बताए ।

उनका अनुसार नयाँ नाम राखिएको वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो । बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छिन् ।

तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामकरण गरिएको संरक्षण अधिकृत पन्तले जानकारी दिए ।

‘प्रजनन केन्द्रमा जङ्गली हात्ती नानापाटेघर, ध्रुवे, गोविन्दे, रोनाल्डो, कृष्णेलगायत आएर संसर्ग गर्दछन् । यहाँ जन्मिएका छावाहरू तिनैका सन्तान भएको अनुमान छ’, उनले भने ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०