बिपी कोइरालाको स्मृतिमा दुहबीमा हाजिरीजवाफ प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ साउन, २०८२
१ वर्षअघि

विराटनगर । जनप्रिय जननेताको रूपमा परिचित बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा दुहबी नगरपालिकामा अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना भएको छ ।

नेपाली कांग्रेस दुहबी नगर कार्यसमितिको आयोजनामा मंगलबार आयोजित प्रतियोगितामा दुहबी नगरभित्रका ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । जसमा १५ अंक प्राप्त गरी प्रथम स्थान ओगट्न सफल दुहबी-५ को सरस्वती माविले १२ हजार रुपैयाँ नगद र मेडल-प्रमाणपत्र प्राप्त गर्‍यो ।

यसैगरी १० अंक प्राप्त गरी द्वितीय बन्न सफल जनता माविले ९ हजार रुपैयाँ नगद पाउँदा ८ अंक प्राप्त गरेर तृतीय स्थान हासिल गरेको विष्णु माविले ६ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा मेडल हात पार्‍यो ।

साथै, सहभागी अन्य तीन विद्यालयलाई पनि नगद रु एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरूलाई कांग्रेसका दुहबी नगरसभापति तथा दुहबीका मेयर वेदनारायण गच्छदारलगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै गच्छदारले विद्यार्थीहरूका लागि नगरपालिकाले अथक काम गरिरहेको बताए । विद्यार्थीहरूलाई सिपसँगै रोजगारसम्म जोड्नका लागि नगरकै परिकल्पनामा बनेको श्रम संसार एप अहिले प्रदेश हुँदै संघमा समेत कार्यान्वयन भइरहेकोमा आफू गौरभान्वित बनेको उनको भनाइ छ ।

कार्यक्रमकै अवसर पारेर दुहबीका पुराना कांग्रेसका १२ नेताहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सत्यनारायण चौधरी, धर्मनारायण विश्वास, जगुलाल माझी, गुलाबी मियाँ, गौरीशंकर रौनियार, अभिनाष मण्डल, झुमाई माझी, मोहम्मद अलाउदिन मियाँ, मिश्रीलाल मुसहर, कृष्णकुमार चौधरी र रामनारायण थारू रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कांग्रेसको भातृ संस्था नेपाल तरुणदल नगर सभापति मोहम्मद नसुरुद्दिन मियाँले पुराना नेताहरूलाई सम्मान गरेर पार्टीमा उनीहरूको योगदानलाई प्रकाश पार्न खोजिएको बताए ।

प्रकाशित समय: मङ्गलबार ७ साउन, २०८२, १६:२२:०८

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
८ घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
८ घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०