कान्तिपुर कलेजले गर्‍यो नवआगन्तुक एक हजारभन्दा बढी विद्यार्थीलाई स्वागत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ५ साउन, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरेको छ ।

पूर्णकालीन दक्ष शिक्षकले अध्यापन गराएर उत्कृष्ट नतिजा आत्मसात् गर्दै आएको कान्तिपुर कलेज विराटनगरस्थित सिटी पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरेको हो ।

Advertisement

माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेर कान्तिपुरमा भर्ना लिएका नवआगन्तुक १ हजार ६५ विद्यार्थीलाई स्वागत गरेको कलेजले शैक्षिक संरचना, नीति-नियम, अवसर र शिक्षण पद्धतिबारे जानकारी दिएको हो ।

विद्यार्थी, अभिभावक तथा विभिन्न आगन्तुकबीचमा कलेजले ११औं ब्याचका विद्यार्थीहरूलाई सम्मान गर्दै अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

कलेजका प्रिन्सिपल भुवन नेपालले यस वर्ष विज्ञान संकायमा ४०५, व्यवस्थापन संकायमा ५१० र होटल व्यवस्थापन संकायमा १५० जना गरी कुल १ हजार ६५ जना विद्यार्थी भर्ना भएको जानकारी दिए ।

दुई हजारभन्दा बढी विद्यार्थीहरूले प्रवेश परीक्षा दिएकोमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको छनोट गरिएको बताउँदै उनले प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक परिणाम ल्याउने क्रम जारी राखेकै कारण कान्तिपुर कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको बताए ।

४.० जिपिए ल्याएका विद्यार्थीहरूको पनि पहिलो रोजाइ कान्तिपुर नै बनेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र सामाजिक उत्तरदायित्वको सन्तुलन मिलाएर अघि बढ्न सुझाव दिए ।

यसैगरी, कलेजका निर्देशक विष्णु दाहालले अभिभावक र विद्यार्थीको इच्छा भरोसालाई टुट्न नदिनेगरी कान्तिपुर लागिपरेको सुनाए ।

प्रा.डा. तेजनारायण मण्डलले कान्तिपुर कलेजले समाज र देशलाई खाँचो परेका जनशक्ति उत्पादन गर्नेक्रमलाई निरन्तरता दिइरहेको सुनाए ।

कार्यक्रममा कलेजका विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने नृत्य प्रस्तुति गरेर दर्शकको मन जितेका थिए ।

त्यस्तै, एसइईमा ४ जिपीए ल्याउने आयुषा कार्की र प्रवेश परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई विशेष सम्मान समेत गरिएको थियो ।

कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरण र अवसरहरूसँग परिचित गराउनुका साथै उनीहरूमा नयाँ उत्साह थपेको सहभागीहरूको भनाइ छ ।

शिक्षामा नविनता र समय सापेक्ष पाठ्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कान्तिपुर कलेजले आगामी दिनमा पनि विद्यार्थीको भविष्य निर्माणमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

विराटनगर–१० स्थित कलेजले पछिल्लो एक दशकयता अब्बल नतिजा दिँदै आएको छ । २०७२ सालमा स्थापित कलेजले उत्कृष्ट नतिजा ल्याउने १०० विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०