सिरियाका सशस्त्र बेदुइनहरू एक हप्ता लामो लडाइँपछि ड्रुज बहुल सहरबाट फिर्ता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ५ साउन, २०८२
१ वर्षअघि

सिरियाका सशस्त्र बेदुइन समुदायले आइतबार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार एक हप्ताभन्दा बढीको झडपपछि दक्षिणी सहर स्वेइदाबाट फिर्ता भएको घोषणा गरेका छन् ।

ड्रुज धार्मिक अल्पसङ्ख्यक र सुन्नी मुस्लिम समुदायका मिलिसियाहरूबीचको झडपमा सयौँको मृत्यु भएको थियो र सिरियाको पहिले नै कमजोर युद्धपछिको सङ्क्रमणकाललाई बिगार्ने खतरा उत्पन्न भएको थियो ।

सिरियाको ड्रुज अल्पसङ्ख्यक समुदायको बाहुल्य रहेको स्वेइदा प्रान्तमा गत सातादेखि जारी हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ९४० पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा ३२६ ड्रुज लडाकु र २६२ ड्रुज नागरिक रहेका छन्, जसमध्ये १८२ जनालाई रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएका छन् ।

यसमा तीन सय १२ जना सरकारी सुरक्षाकर्मी र २१ जना सुन्नी बेदुइनको पनि मृत्यु भएको थियो जसमध्ये तीन जना सर्वसाधारण थिए र उनीहरूलाई ड्रुज लडाकूहरूले मृत्युदण्ड दिएका थिए । इजरायली आक्रमणमा परी अन्य १५ जना सरकारी सैनिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

इजरायलले पनि बेदुइनहरूको पक्षमा उभिएका सरकारी सेनाहरूलाई निशाना बनाएर ड्रुज बहुल स्वेदा प्रान्तमा दर्जनौँ हवाई हमला गरेको थियो ।

प्रान्तका विभिन्न सहर र गाउँमा पारस्परिक अपहरणको शृङ्खलाले झडप निम्त्यायो र यो पछि सहरमा फैलिएको थियो ।

बिहीबार पुनः भड्किएको लडाइँ रोक्न सरकारी सेनाहरू पुनः तैनाथ गरिएका थिए, त्यसपछि फेरि फिर्ता भए ।

बेदुइनहरूप्रति बढी सहानुभूति राख्ने अन्तरिम राष्ट्रपति अहमद अल–साराले मिलिसियाहरूको आलोचना गर्दै ड्रुज समुदायलाई मनाउने प्रयास गरेका थिए । पछि उनले ‘देशको मामिला सम्हाल्न र सुरक्षा पुनःस्थापनामा राज्यको भूमिकालाई प्रतिस्थापन गर्न सक्दैनन’ भन्दै बेदुइनहरूलाई सहर छोड्न आग्रह गरे ।

“हामी बेदुइनहरूलाई उनीहरूको वीरतापूर्ण अडानका लागि धन्यवाद दिन्छौँ तर उनीहरूले युद्धविरामका लागि पूर्ण प्रतिबद्ध हुन र राज्यको आदेशको पालना गर्न माग गर्दछौँ”, उनले शनिबार प्रसारण गरिएको सम्बोधनमा भने ।

बेदुइनहरूको फिर्तीले क्षेत्रमा सावधानीपूर्वक शान्तिको वातावरण छ र मानवीय सहायताका गाडीहरू पुगिरहेको समाचार छ । सिरियाली रेड क्रिसेन्टले आइतबार लडाइँले प्रान्तमा विद्युत् कटौती र अभावको अवस्था सिर्जना गरेपछि उनीहरूले खाना, औषधि, पानी, इन्धन र अन्य सहायता बोकेर ३२ वटा ट्रक स्वेदामा पठाइरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले पनि ट्रकहरू पठाइरहेको सिरियाको सरकारी सञ्चार माध्यम सानाले जनाएको छ ।

सिरियाका लागि वासिङ्टनका विशेष दूत टम बाराकले झडप र अत्याचारले देशको युद्धपछिको सङ्क्रमण र अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्ध हटाउने बारेमा प्रारम्भिक सतर्क आशावादलाई ‘ओझेलमा पारेको’ बताए ।

“सबै गुटहरूले तुरुन्तै हतियार त्यागेर शत्रुता बन्द गर्नुपर्छ र जातीय बदलाको चक्र त्याग्नुपर्छ”, उनले एक्समा भने, “सिरिया महत्त्वपूर्ण मोडमा खडा छ — शान्ति र संवादले विजयी हुनुपर्छ — र अहिले नै विजयी हुनुपर्छ ।”

बेदुइन लडाकुहरू र सरकारी सेनाहरूको हातबाट सहरमा लक्षित आक्रमणको शृङ्खलामा दर्जनौँ ड्रुज नागरिक मारिएका थिए ।

लडाकुहरूले घरहरूमा ड्रुज धार्मिक अधिकारीहरू र प्रतिष्ठित व्यक्तित्वहरूका तस्बिरहरू नष्ट गर्ने र वृद्ध ड्रुजहरूका जुँगाहरू खौरिने अनलाइन भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसलाई संस्कृति र परम्पराको अपमान मानिन्छ ।

बदलामा ड्रुज मिलिसियाहरूले प्रान्तको बाहिरी भागका बेदुइन बहुल क्षेत्रहरूमा आक्रमण गरे र परिवारहरूलाई छिमेकी दाराआ प्रान्तमा भाग्न बाध्य पारे ।

विश्वभरका लगभग १० लाख ड्रुजमध्ये आधाभन्दा बढी सिरियामा बस्छन् । अन्य ड्रुजहरू मुख्यतः लेबनान र इजरायलको गोलान हाइटमा बस्छन् । गोलान हाइटलाई इजरायलले सन् १९६७ को मध्यपूर्वी युद्धमा सिरियाबाट कब्जा गरेको थियो र सन् १९८१ मा गाभेको थियो ।

सिरियाका ड्रुजहरूले दशकौँको अत्याचारी शासनको अन्त्य गर्ने असद परिवारको पतनलाई धेरै हदसम्म मनाएका थिए । अल–साराको वास्तविक इस्लामवादी शासनका बारेमा उनीहरूको चिन्ता भए पनि ठूलो सङ्ख्याले मामिलाहरूलाई कूटनीतिक रूपमा सम्बोधन गर्न चाहन्थे ।

यद्यपि, हालैका झडपहरूले क्षेत्रमा बढ्दो सङ्ख्यामा ड्रुजहरूलाई दमास्कसको नयाँ नेतृत्वप्रति बढी शङ्कास्पद र शान्तिपूर्ण सहअस्तित्वमा बढी संदिग्ध बनाएको छ ।

प्रकाशित समय: आईतबार ५ साउन, २०८२, १६:२८:०८

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२१ घण्टाअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
२४ घण्टाअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
५ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०