‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ५ साउन, २०८२
१ वर्षअघि

विष्णु सापकोटाले डिभोर्सबारे मौनता तोडेपछि गायिका एलिना चौहानका ‘आफू घरेलु हिंसामा परेको दाबी’ले थप चर्चा पाएको छ ।

राष्ट्रिय कलाकारहरूले ‘एलिना घरेलु हिंसामा परेको’ विषयलाई निन्दा गरेका छन् । केहीले उनलाई सहानुभूतिसमेत दिएका छन् ।

गत शुक्रबार विष्णुले डिभोर्सबारे एक प्रेस नोट जारी गरेका थिए । डिभोर्स र एलिनाको आरोपबारे रक्षात्मक बन्दै उनी यस घटनाबाट
मानसिक तनावमा पुगेको दाबी गरेका थिए ।

उनले आफूलक्षित नकारात्मक टिप्पणी गर्नेविरुद्ध कानुनी उपचारमा लागेको बताएका थिए । अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी प्रक्रिया
थाल्ने उनको चेतावनी थियो ।

विष्णुको चेतावना सिधा एलिना लक्षित भएको स्पष्ट छ । किनभने उनीलक्षित सार्वजनिकस्थानमा टिप्पणी गर्ने एलिना हुन् ।

चेतवानीलगत्तै एलिनाले सम्बन्धमा रहँदा विष्णुको हिंसाबाट पीडित नीलडामसहितको अनुहारको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

यही तस्बिरहरू सेयर गर्दै नायिकाहरू एलिनाको पक्षमा उभिएका हुन् । आफूपीडित पुष्टि गर्ने नीलडामसहितको तस्बिर सार्वजनिक
गर्नुपर्ने अवस्थामा एलिना पुगेको विषयालाई बेनिशाले निन्दा गरेकी छन् ।

उनले प्रश्न गरेकी छन्, ‘कति पटक एउटी महिलाले आफैँलाई प्रमाणित गर्नुपर्ने ? ऊ पटक–पटक भन्छे, उसले त्यो परिस्थिति भोगकी हुँ भनेर ।
तर हामी विश्वास गर्ने साटो उसकै सत्यतामा प्रश्न गर्छौं । के उसले आफ्ना नीलडाम देखाउनुपर्छ प्रमाणका लागि ?’

त्यस्तै, नायिका एलिजा गौतमले एनिलाको उक्त तस्बिर सार्वजनिक गर्दै ‘हामी तिम्रो साथमा छौँ एलिना’ लेखेकी छन् ।

एलिना अकल्पनीय घटनाबाट पार भएको नायिका गरिमा शर्मा दुखित छन् । उनले लेखेकी छन्, ‘यो सबै भोगेकी छौं भन्ने लागेको थिएन ।
यो देखेर दुख लाग्यो ।’

त्यस्तै नायिका स्मिता लामिछानेले एलिनालाई यो घटनाका लागि ‘बलियो बन्न’ सुझाव दिएकी छन् ।

कलाकार कुशुम शर्माले एलिनामाथिको यो ‘हिंसा’लाई मौन बसेका पीडित महिलाहरुको प्रतिनिधिमुलका घटना लिएकी छन् ।
उनले लेखेकी छन्, ‘तिमी हरेक मौन महिलाहरुको आवाज हौं ।

एलिना चौहान अहिले गायकीभन्दा व्यक्तिगत विषयले बढी चर्चामा छिन् ।

एलिना र विष्णु सापकोटाको सम्बन्ध ९ महिनामा टुट्यो । गत वर्षको वैशाखका यी दुईले लगनगाँठो कसेका थिए ।

यही कारण तनावमा रहेकी एलिना व्यक्तिगत विषयले मिडियामा आइरहेकी छन् ।

डिभोर्सको केही समय पूर्वपतिप्रति मौन बसेकी एलिना अहिले सार्वजनिक स्थानमा विष्णु लक्षित टिप्पणी गर्दै आएकी छन् ।

उनले मिडियामा आफ्नो सम्बन्ध अन्त्य हुनका कारण घरेलु हिंसा रहेको बताउँदै आएकी छन् ।

अर्थात्, विष्णुले नीलडाम बस्ने गरी पिट्ने गरेपछि आफूले कानुनी प्रक्रियाबाट सम्बन्ध टुङ्गाएको एलिनाको दाबी छ ।

विष्णु भने यस विषयमा प्रेस नोटमार्फत् बालेका छन् । त्यसपछि एलिनाले नीलडामसहितको अनुहारको तस्बिर राख्दै
विण्णुलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएकी छन् ।

प्रकाशित समय: आईतबार ५ साउन, २०८२, १५:३८:३७

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१२ घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१२ घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
४ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०