लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १ साउन, २०८२
१ वर्षअघि

ताप्लेजुङ । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको लिम्बू भाषा र तराई क्षेत्रमा बोलिने मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ ।

संघीय लिम्बुवान प्रान्तीय मञ्चले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न माग गरेको हो ।

Advertisement

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत मंगलबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा तुरुन्त लागू गर्न माग गरिएको छ ।

प्रदेशले प्रदेशभित्रका भाषालाई सरकारी कामकाजको भाषा बनाउने सक्ने प्रावधान भएको र नेपाल सरकारले संविधानमा भएको प्रावधान कार्यान्वयनका लागि विगत २०७३ सालमै भाषा आयोग गठन गरेको स्मरण पनि मञ्चले गराएको छ ।

त्यसबेला गठन भएको आयोगले प्रदेश नम्बर १ हालको कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने सिफारिस गरिसकेकाले सो तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमार्फत प्रदेश नं ३ हालको बागमती प्रदेशले तामाङ र नेवार भाषा तथा ४ नम्बर लुम्बिनी प्रदेशले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने विधेयक पारित गरी सकेको मञ्चले स्मरण गराएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०७८ सालमै कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्न आयोगले सिफारिस गरेको भए पनि हालसम्म कार्यान्वयन अर्थात लागु नगरिएकोमा मञ्चले आपत्तिसमेत जनाएको छ ।

मञ्चले अबको दुई महिनाभित्र लिम्बू र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागु गर्न समय सीमासमेत तोकेको छ ।

तोकिएको समयसीमाभित्र लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नेगरी मुख्यमन्त्री कार्कीले प्रदेश संसदमा तुरुन्त विधेयक दर्ता गर्नुपर्ने पनि ज्ञापनपत्रमार्फत मञ्चले अनुरोध गरेको छ ।

पूर्व अर्थात कोशी प्रदेशको पहाड तथा हिमाली क्षेत्रमा लिम्बूको बाहुल्यता र तराईमा मैथिली भाषा बोलिने हुँदा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा लागु गर्न माग गरिएको मञ्चको स्थानीय नेता मुक्साम लाबुङले बताए ।

कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नुको विकल्प नभएको लाबुङको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०