बूढीगंगामा नग्न अवस्थामा युवतीको शव : बलात्कारपछि हत्या गरिएको आशंका !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ असार, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा एक युवतीको शव सडेको अवस्थामा फेला परेपछि प्रहरीले बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर युवतीको शव फेला परेको थियो ।

Advertisement

नग्न अवस्थामा भेटिएको शव सडेर दुर्गन्धित भएको अवस्थामा थियो ।

मृतकको अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको कारण पहिचान गर्न कठिनाइ भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।

उनका अनुसार पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान तीव्र पारिएको छ ।

“पहिचानका लागि धेरै प्रयासहरु भइरहेका छन् । विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको छ । तर, पहिचान भइसकेको छैन । मृत्युको कारण पनि यकिन गर्न गाह्रो परिरहेको छ,” डीएसपी चुँडालले भनिन्।

किरा परेर कुहिएको र अनुहार प्रष्टसँग चिन्न नसकिने अवस्थामा भएकाले शवको पहिचान गर्न मुस्किल परिरहेको उनको भनाइ छ ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ ।

घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिने प्रहरीको निष्कर्ष छ ।

प्रहरी स्रोतका अनुसार शरीरको माथिल्लो भागमा भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको, कम्मरदेखि मुनिको भागमा कपडा नै नभएको, घटनास्थलमा मृतकका पाइन्ट, चिम्टी र चप्पल छेउमा राखेको अवस्थामा फेला परेको
बाहिरी तथा भित्री वस्त्रसमेत खोलिएको अवस्थामा फेला परेको छ ।

प्रहरीले लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरेको छ । मृतक २० वर्षमुनिको हुनसक्ने प्रहरीको अनुमान छ ।

कपडा र चप्पल हेर्दा मृतक धेरै टाढाको नभएको अनुमान गरिएको छ ।

“शव धेरै टाढाको युवतीको जस्तो लाग्दैन। कतै डेरा वा कुनै ठाउँमा काम गरेर बस्ने युवती हो कि जस्तो लाग्छ,” प्रहरी स्रोतले भन्यो।

हालसम्म कुनै महिला हराएको भनेर कोही पनि प्रहरीको सम्पर्कमा नआएको डीएसपी चुँडालले बताइन् ।

ललाइफकाइ घारीमा लगेर बलात्कारपछि हत्या गरेजस्तो देखिए पनि हालसम्म प्राप्त तथ्य र प्रमाणबाट पुष्टि हुन नसकेको उनको भनाइ छ ।

घटनालाई तथ्य र प्रमाणबाट स्थापित गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

“कुनै पनि घटना यकिन गर्न आवश्यक प्रमाण जुटाउनुपर्ने हुन्छ। प्रमाण संकलन गर्दै विभिन्न पाटोबाट अनुसन्धान भइरहेको छ,” प्रहरी स्रोतले भन्यो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०