भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ असार, २०८२
१ वर्षअघि

काठमाडौँ । असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप दुई जनाको शव फेला परेको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा सो शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले अन्य बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको जानकारी दिए ।

नदीमा आएको बाढीका कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई एक सय ४३ जनालाई सुरक्षितकासाथ गन्तव्यतर्फ पुर्‍याएको छ ।

त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजी हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।

यसैगरी, चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकहरूलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायहरूको समन्वयमा चीनको केरुङमा सुरक्षितका साथ बस्न र खानाको व्यवस्था मिलाइएको छ ।

विपदको कारण रसुवा भन्सार कार्यालय र टिमुरेको यार्डमा रहेका चार वटा ईभि साधन र चार वटा कन्टेनरमा रहेका सामानलाई सुरक्षित स्थानमा सारिएको छ भने कन्टेनरलाई व्याक लोडरको सहायताले सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, सो क्षेत्रमा अवरुद्ध भएको सञ्चार र विद्युत सञ्चालनमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायहरुलाई निरन्तर परिचालन गरी आजदेखि सुचारु गराएको हो ।

उनले विपदका कारण अवरुद्ध भएको स्याफ्रुवेशी–रसुवागढीसडकखण्डलाई यथासिघ्र सुचारु गर्नका लागि जलविद्युत आयोजनामा रहेका विभिन्न हेवी इक्युमेन्टसहित आवश्यक जनशक्तिलाई परिचालन गरीएको र बाटो सुचारु गर्नका लागि आवश्यक समन्वय समेत भइरहेको बताए ।

असार २४ र २५ गते अवरुद्ध भएको सडकखण्डलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाइ चार सय ८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको थियो ।

असार २४ गते मध्यरातमा आएको बाढीले तीन् सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए । हालम्म ६ जनाको शव फेला परेको छ भने पाँच वटा मानव अंग फेला परेको छ ।

फेला परेको शवमध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

क्यानडाविरुद्ध रोहित पौडेलको शतक

आईतबार २५ असोज, २०८३
२ घण्टाअघि

बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन

आईतबार २५ असोज, २०८३
३ घण्टाअघि

रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’

आईतबार २५ असोज, २०८३
३ घण्टाअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
३ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
४ घण्टाअघि

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईतबार २५ असोज, २०८३
४ घण्टाअघि
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार
आईतबार २५ असोज, २०८३
निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०