विराटनगर । कोशी प्रदेशकै अग्रणी ग्रिनल्यान्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित गरिएको छ ।
‘चन्द्रलोक प्रतिष्ठान नेपालले विराटनगर-९ स्थित ग्रिनल्यान्ड कलेजलाई ”उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२” प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले उक्त सम्मान प्रदान गरेका हुन् ।
विशेषगरी, मेडिकल, इन्जिनियरिङ र सिम्याट प्रवेश परीक्षामा उपत्यकाबाहिर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकाले कलेजले यो सम्मान प्राप्त गरेको प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।
यस किसिमको सम्मानले आफूहरूलाई भविष्यमा अझ बढी लगनशीलता र समर्पणका साथ शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन प्रेरित गरेको उनको भनाइ छ ।
यसअघि ग्रिनल्यान्ड २०७५ सालमा शिक्षा पुरस्कार प्राप्त गर्न सफल बनेको थियो ।
कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
कम्प्युटर विज्ञान, व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।