वार्ता अस्वीकार गरेको रूसद्वारा युक्रेनमा अहिलेसम्मकै भीषण हवाई आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० असार, २०८२
१ वर्षअघि

रूसका सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत् युक्रेनसँगको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको बताएका छन् ।

क्रेमलिनको उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ ।

उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन भएको केही घण्टापछि सुरु भएको हो ।

राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो । जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भने, ‘हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौं, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।’

यद्यपि उनले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिएका थिए।

युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।

किभका बासिन्दा तिमुरले उक्त आक्रमणलाई विगतका घटनाहरूभन्दा निकै फरक र भयावह भएको बताउँदै भने, “यसअघि कहिल्यै यति धेरै विस्फोटहरू एकसाथ भएको थाहा थिएन ।’

राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसबारे बोलेका छन् । ‘रूसले फेरि एकपटक उसले युद्ध र आतंकको अन्त्य गर्ने कुनै तयारी नगरेको प्रमाणित गरेको छ । यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठूलो दबाब नभए रूसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो देखिन्छ ।’

रूसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेसँगै युक्रेनी भूभागमा थप दबाब सिर्जना भएको देखिन्छ । आक्रमणको क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ ।

जर्मनीको विदेश मन्त्रालयले आक्रमणको समयबारे प्रतिक्रिया दिएको छ । ‘नेताहरूबीचको संवाद सम्पन्न भएको तुरुन्तै आक्रमण हुनुलाई रूस अझै पनि बल प्रयोगमा निर्भर रहन चाहन्छ । युक्रेनले आफ्नो रक्षा गर्न झन बढी सहयोगको आवश्यकता छ’, जर्मनीको विदेश मन्त्रालयले भनेको छ।

उक्त आक्रमण युक्रेनमाथिको रूसी आक्रमणमा हालसम्मकै सबैभन्दा ठूलो भएको युक्रेनी वायु सेनाले जनाएको छ । वायु सेनाका अनुसार उक्त आक्रमणमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको थियो, जसबाट कम्तीमा २३ जना घाइते भएका छन् ।

युक्रेनले पनि पछिल्लो समय रूसभित्र प्रतिक्रियास्वरूप हमला बढाएको छ । रुसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन खस्दा एक महिलाको मृत्यु भएको त्यहाँका कार्यवाहक क्षेत्रीय गभर्नरले जनाएका छन् ।

युद्धविरामका लागि संयुक्त राज्य अमेरिकाको पहलमा सुरु गरिएका वार्ताहरू अहिले निष्क्रिय अवस्थामा देखिए पनि युक्रेन र रूसले युद्धबन्दी साटासाट जारी राखेका छन्, जुन इस्तानबुलमा भएको पछिल्लो छलफलको परिणामस्वरूप सम्भव भएको बताइएको छ ।

प्रकाशित समय: शुक्रबार २० असार, २०८२, २०:५७:३४

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२२ घण्टाअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
१ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
५ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०