भारतीय सेनाका डेपुटी आर्मी प्रमुख सिंहको दाबी- ‘अपरेशन सिन्दूर’मा हामीले पाकिस्तानसहित चीन र टर्कीसँग पनि लड्नु पर्‍यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० असार, २०८२
१ वर्षअघि

भारतीय सेनाका डेपुटी आर्मी प्रमुख (लेफ्टिनेन्ट जनरल) राहुल आर सिंहले ‘अपरेशन सिन्दूर’को पृष्ठभूमिमा भारतले तीन देशसँग युद्ध गर्नुपरेको बताएका छन् ।

उनले शुक्रबार नयाँदिल्लीमा तीन मुलुकको साझा मोर्चासँग भारत जुध्नुपरेको दाबी गरे । शुक्रबार नयाँ दिल्लीमा आयोजित एआईसीसीआईको ‘न्यू एज मिलिटरी टेक्नोलोजिज’ शीर्षकक कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् ।

‘अपरेशन सिन्दूरमा सीमा पारबाट पाकिस्तान प्रत्यक्ष रुपमा भिड्दै थियो, तर उसलाई भारतविरुद्ध चीन र टर्कीले भरपूर समर्थन गरिरहेका थिए’, उनले भने ।

उनका अनुसार चीनले पाकिस्तानलाई हतियार मात्रै नभएर भारतले प्रयोग गरिरहेका हतियार र रणनीतिहरूको लाइभ डेटा पनि उपलब्ध गराएको थियो । चीनले उक्त युद्धका क्रममा भारतलाई ‘लाइभ टेस्टिङ ल्याब’ को रूपमा हेरेको पनि उनले बताए ।

उता टर्कीले बाय्राक्टरसहित पाकिस्तानलाई ड्रोनहरू उपलब्ध गराएको दाबी उनले गरे । ती ड्रोनहरू भारतविरुद्धको युद्धमा प्रयोग गरिएको उनले खुलाएका छन् ।

अपरेशन सिन्दूर : पहलगामको जवाफ

२२ अप्रिलमा जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा २६ जना भारतीय र नेपाली पर्यटकको हत्या गरिएको थियो । यसको जवाफमा भारतले ७ मे मा पाक अधिनश्थ कश्मीर (पीओके) र पाकिस्तानभित्रका ९ चरमपन्थी ठेगानामा एयर स्ट्राइक गरेको थियो।

यस कारबाहीमा झण्डै १०० चरमपन्थीको मृत्यु भएको दाबी भारतले गरिरहेको छ । तर त्यसको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन। गत १० मेको साँझ ५ बजे दुबै देशबीच युद्धविराम सहमति भएको थियो।

लेफ्टिनेन्ट जनरल सिंहका अनुसार उक्त अपरेशनअघि डेटा विश्लेषण र रणनीतिक छनोटको आधारमा २१ लक्ष्यमाथि आक्रमणको योजना बनाइएको थियो । जसमा ९ टार्गेट छनोट गरिएका थिए । ‘पछिल्लो क्षणमा ती ९ मा मात्रै कारबाही गर्नु उचित ठहर गरियो,’ उनले भने।

उनले यो संघर्षबाट आधुनिक युद्धको कठिनाई र जटिलता उजागर भएको पनि बताए । ‘अब हामीले एयर डिफेन्स, काउन्टर रकेट-आर्टिलरी-ड्रोन प्रणाली जस्ता प्रविधिमा तीव्र गतिमा सुधार ल्याउनु आवश्यक छ’, उनले भने ।

उनले इजरायलको ‘आयरन डोम’ प्रणालीको उदाहरण दिँदै भने, ‘भारत विशाल देश भएकाले यस्तो प्रणाली निर्माण महँगो र चुनौतीपूर्ण हुन्छ। तर अब हामीले सुरक्षा पूर्वाधारमा लगानी बढाउनु जरूरी छ।’

पाकिस्तानी उत्साहको स्रोत चिनियाँ हतियार

भारतले गरेको आक्रमणपछि तीव्र र कडा जवाफ दिने पाकिस्तानको आत्मबलपछाडि चीन रहेको उनले बताए । पाकिस्तानी सेना प्रमुख आसिम मुनीरले १ मेमा टिल्ला फायरिङ रेन्जमा भारतको प्रतिकार गर्ने चेतावनी दिएका थिए।

सूचना मन्त्री अताउल्लाह तारारले पनि ‘भारत कुनै ठूलो कारबाहीको तयारीमा छ’ भन्दै जवाफको तयारीमा रहेको बताएका थिए।

विश्लेषकहरूले यसबारे प्रश्न गरेर सोधेका थिए, ‘पाकिस्तान यस्तो दम्भ कहाँबाट ल्याउँछ ?’ भारतीय सेनाले यसबारे जवाफ दिँदै भनेको छ- चीनले दिएको आधुनिक हतियार प्रणालीले ।’ अब भारतले पनि यसको सामना गर्न आधुनिक प्रविधिमा छिटो गतिमा लगानी गर्नुपर्ने देखिएको सिंहले बताए ।

प्रकाशित समय: शुक्रबार २० असार, २०८२, २०:२८:०३

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२२ घण्टाअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
१ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
५ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०