कान्तिपुर कलेजमा एक हजार ४३२ जना विद्यार्थीले दिए प्रवेश परीक्षा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ असार, २०८२
१ वर्षअघि

विराटनगर । पूर्णकालीन दक्ष शिक्षकले अध्यापन गराएर उत्कृष्ट नतिजा आत्मसात् गर्दै आएको विराटनगरको कान्तिपुर कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।

कलेजले बिहीबार लिएको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरूको चापले गर्दा पनि कान्तिपुरप्रतिको आकर्षण चुलिँदो देखिएको हो ।

गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ ।

प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको भए पनि १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको उनको भनाइ छ ।

संकायगत कोटा वितरणका आधारमा कलेजमा विज्ञान संकायमा ४ सय ५० जना, व्यवस्थापन संकायमा ४ सय ५० जना र होटल व्यवस्थापन संकायमा १ सय ५० जनाको कोटा निर्धारण गरिएको छ ।

सबै संकायमा कोटाभन्दा बढी विद्यार्थीहरूले प्रवेश परीक्षामा सहभागिता जनाएका हुन् ।

प्रिन्सिपल नेपालका अनुसार एसईईमा ४ जिपिए ल्याउनेदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूले कान्तिपुर कलेजलाई आफ्नो पहिलो रोजाइको रूपमा लिएका छन् ।

प्रवेश परीक्षाको परिणामको आधारमा योग्य विद्यार्थीहरू छनोट गरिने र छनोट भएका विद्यार्थीहरूलाई भर्ना प्रक्रिया अगाडि बढाइने कलेजले जनाएको छ ।

प्रवेश परीक्षामा टप १० मा पर्ने विद्यार्थी ५० देखि १०० प्रतिसत छात्रवृत्ति दिने प्रिन्सिपल नेपालले जानकारी दिए ।

साथै एसईईमा ३.९५ देखि ४ जिपिए ल्याउने विद्यार्थीलाई पूर्ण तथा स्कुल प्रथम र जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्ति दिने प्रिन्सिपल नेपालले बताए ।

कलेजले आफ्ना विद्यार्थीहरूलाई आधुनिक सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

विराटनगर–१० स्थित कलेजले पछिल्लो एक दशकयता अब्बल नतिजा दिँदै आएको छ ।

सीपमा आधारित शिक्षा प्रदान गर्दै आएको कान्तिपुरले अरू संकायजस्तै होटल म्यानेजमेटतर्फ पनि उत्तिकै जोड दिइरहेको छ ।

कान्तिपुरका १५ जना सञ्चालक र दक्षताले निखारिएका शिक्षकहरूले आफ्नो विशेषज्ञता र अनुभवलाई विद्यार्थीहरूको सेवामा लगाएर उत्कृष्ट परिणामहरू ल्याउन सफल भएका छन् ।

त्यसको ज्वलन्त उदाहरणका रूपमा पहिलो प्रयासमा मेडिकल साइन्सतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राजु महतो, सोनिया कामत र बिराज अधिकारीलाई लिए पुग्छ ।

प्रकाशित समय: बिहिबार १९ असार, २०८२, १९:४५:१८

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०