ग्रिनल्यान्ड कलेजमा ७५० सिटका लागि एक हजार ५१ जनाले दिए प्रवेश परीक्षा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ असार, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको ग्रिनल्यान्ड कलेजले नयाँ शैक्षिक सत्रका लागि बुधबार (आज) प्रवेश परीक्षा लिएको छ ।

कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूलाई विराटनगर–९ मा रहेको कलेजले आज दिउँसो प्रवेश परीक्षा लिएको हो ।

Advertisement

कलेजमा भएको इन्ट्रान्स परीक्षामा विज्ञान संकाय, होटेल मेनेजमेन्ट र व्यवस्थान संकायका गरी एक हजार ५१ जना विद्यार्थीहरूले परीक्षा दिएको कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

प्रिन्सिपल दाहालका अनुसार उनीहरूमध्येबाट ७ सय ५० विद्यार्थीलाई भर्ना दिइने छ ।

कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसइईको अंक र प्रवेश परीक्षामा पाएको अंकको आधारमा छुट दिने पनि उनको भनाइ छ ।

यसैगरी नयाँ शैक्षिक सत्रमा सिपमा आधारित शिक्षा प्रदान गर्ने अभिनव पहल थालिएको बताउँदै प्रिन्सिपल दाहालले विद्यार्थीहरूलाई केवल पुस्तकीय ज्ञान मात्र नदिएर व्यावहारिक सीप र दक्षताको विकासमा विशेष जोड दिँदै आएको सुनाए ।

विश्वबजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येका साथ पाइला अगाडि बढाइरहेको कलेजका प्रिन्सिपल दिनेश दाहालको भनाइ छ ।

कलेजले पूर्णकालीन दक्ष तथा अनुभवी शिक्षकहरूको सहायतामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

शिक्षकहरूले आफ्नो विशेषज्ञता र बहुवर्षीय अनुभवलाई विद्यार्थीहरूमा समर्पित गरेकै कारण ग्रिनल्यान्ड २०७५ सालमा शिक्षा पुरस्कार प्राप्त गर्न सफल बनेको थियो ।

कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको डाइरेक्टर पवन साहले बताए ।

ग्रिनल्यान्ड कलेजले विज्ञान संकाय, कम्प्युटर विज्ञान,  व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
४ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०