ग्रिनल्यान्ड कलेजमा ७५० सिटका लागि एक हजार ५१ जनाले दिए प्रवेश परीक्षा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ असार, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा अग्रणी शैक्षिक संस्थाका रूपमा कहलिएको ग्रिनल्यान्ड कलेजले नयाँ शैक्षिक सत्रका लागि बुधबार (आज) प्रवेश परीक्षा लिएको छ ।

कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरूलाई विराटनगर–९ मा रहेको कलेजले आज दिउँसो प्रवेश परीक्षा लिएको हो ।

कलेजमा भएको इन्ट्रान्स परीक्षामा विज्ञान संकाय, होटेल मेनेजमेन्ट र व्यवस्थान संकायका गरी एक हजार ५१ जना विद्यार्थीहरूले परीक्षा दिएको कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

प्रिन्सिपल दाहालका अनुसार उनीहरूमध्येबाट ७ सय ५० विद्यार्थीलाई भर्ना दिइने छ ।

कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसइईको अंक र प्रवेश परीक्षामा पाएको अंकको आधारमा छुट दिने पनि उनको भनाइ छ ।

यसैगरी नयाँ शैक्षिक सत्रमा सिपमा आधारित शिक्षा प्रदान गर्ने अभिनव पहल थालिएको बताउँदै प्रिन्सिपल दाहालले विद्यार्थीहरूलाई केवल पुस्तकीय ज्ञान मात्र नदिएर व्यावहारिक सीप र दक्षताको विकासमा विशेष जोड दिँदै आएको सुनाए ।

विश्वबजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येका साथ पाइला अगाडि बढाइरहेको कलेजका प्रिन्सिपल दिनेश दाहालको भनाइ छ ।

कलेजले पूर्णकालीन दक्ष तथा अनुभवी शिक्षकहरूको सहायतामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

शिक्षकहरूले आफ्नो विशेषज्ञता र बहुवर्षीय अनुभवलाई विद्यार्थीहरूमा समर्पित गरेकै कारण ग्रिनल्यान्ड २०७५ सालमा शिक्षा पुरस्कार प्राप्त गर्न सफल बनेको थियो ।

कलेजले पछिल्लो एक दशकयता गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको डाइरेक्टर पवन साहले बताए ।

ग्रिनल्यान्ड कलेजले विज्ञान संकाय, कम्प्युटर विज्ञान,  व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित समय: बुधबार १८ असार, २०८२, १६:५३:००

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१५ घण्टाअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१५ घण्टाअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
४ दिनअघि
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०