दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ असार, २०८२
१ वर्षअघि

दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

लमही नगरपालिका–३ कान्छी गाउँका २३ घरधुरीलाई आठ धुरदेखि एक कठ्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

Advertisement

भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र उपप्रमुख लक्ष्मी योगीले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरे।

भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा आज आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

एक धुर जग्गासमेत नाममा दर्ता नभएका परिवारले पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो ।

अध्यक्ष रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए।

‘पहिला वन कि मान्छे रु जङ्गललाई जंगलको रूपमा राख्ने र बस्तीलाई बस्तीको रूपमा विकास गर्न चाहन्छौँ’, उनले भने, ‘ऐन, नियम, कानुनभन्दा बाहिर गएर आयोगले काम गर्दैन । संविधानले प्रदत्त गरेको सम्पत्ति र आवासको अधिकार कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौँ । यसको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो ।’

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी, आयोगका विज्ञ सदस्य यज्ञराज आचार्य, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमकी नेपाल प्रमुख प्रज्ञा प्रधानलगायतले भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने अभियानले सार्थकता पाउन थालेकामा खुसी व्यक्त गरे ।

लमही नगरपालिकाको आयोजनामा, जिल्ला भूमि समस्या समाधान आयोग, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम र सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०