रिपोर्ट भन्छ : इजरायलसँग हतियार अभाव, इरानमा जासुसी गर्ने तीनजनालाई झुन्ड्याइयो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ असार, २०८२
१ वर्षअघि

इरानसँग १२ दिनसम्म चलेको युद्धपछि इजरायली सेनासँग केही महत्वपूर्ण हतियारहरू अभाव भएको रिपोर्ट सार्वजनिक भएको छ।

अमेरिकी समाचार संस्था एनबीसी न्यूजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो।

Advertisement

रिपोर्टअनुसार इजरायलसँग विशेषगरी गोला–बारुदको अभाव भइरहेको छ। तर, इजरायली सरकारले अहिलेसम्म यस रिपोर्टबारे प्रतिक्रिया दिएको छैन।

दुईजना अमेरिकी अधिकारीहरूका अनुसार इजरायल विशेषगरी ठूला हतियार अभावको अवस्थामा पुगेको हो ।

यो अवस्था तब देखिएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम जारी छ । यद्यपि, परिस्थिति संवेदनशील रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताउँदै आएका छन्।

उता संयुक्त राज्य अमेरिका हरेक वर्ष अरबौँ डलर बराबरको सैन्य सहायता इजरायललाई उपलब्ध गराउँदै आएको छ।

इजरायलले जुन १३ मा सुरु गरेको सैन्य कारबाहीपछि इरानबाट आएको क्षेप्यास्त्र रोक्न अमेरिकाले प्राविधिक सहयोग दिएको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

तीनजनालाई फाँसी

उता इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा तीनजनालाई झुन्ड्याएको छ ।

इरानी न्यायपालिकासँग सम्बन्धित एक समाचार संस्थाका अनुसार इजरायलको गुप्तचर एजेन्सी मोसादका लागि जासुसी गरेको आरोपमा तीन तीनजना इरानी नागरिकलाई बुधबार बिहान फाँसी दिइएको छ।

तीनै जना अभियुक्तहरूलाई इरानको उत्तरपश्चिममा पर्ने उरमिया कारागारमा फाँसी दिइएको हो, जुन क्षेत्र टर्कीको सीमा नजिक पर्छ। समाचार संस्था मिजान अनलाइनका अनुसार, उनीहरूले ‘मदिराको सामानको रूपमा लुकाएर मानिसको हत्या गर्न प्रयोग हुने उपकरणहरू’ देशभित्र भित्र्याएको आरोप छ।

रिपोर्टमा अभियुक्तहरू कहिले पक्राउ परेका थिए भन्ने खुलाइएको छैन, तर उनीहरूलाई ‘ईश्वरविरुद्ध युद्ध छेडेको’ र ‘इजरायलसँग मिलेर पृथ्वीमा भ्रष्टाचार फैलाएको’ अभियोगमा मृत्युदण्ड दिइएको उल्लेख छ।

१३ जुनदेखि इरानले जासुसीको आरोपमा कम्तीमा तीनजनालाई फाँसी दिइसकेको छ ।

१३ जुनमा इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि जासुसीको आरोपमा मृत्युदण्ड दिइएको तेस्रोपटक हो। यसअघि पनि इरानले केही दिनको अन्तरालमा यस्ता आरोपमा फाँसी दिएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०