शुभांशुसहित चार यात्री स्पेस स्टेशनतर्फ, ४१ वर्षपछि भारतीय नागरिक फेरि अन्तरिक्षमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ असार, २०८२
१ वर्षअघि

भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्ला बुधबार एक्सियम मिसन–४ अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) तर्फ उडेका छन्।

उनीसँगै तीन अन्य अन्तरिक्ष यात्रीहरू पनि उक्त मिशनमा गएका छन्। भारतीय नागरिक शुभांशु यस मिसनका पाइलट हुन्।

यो मिसन भारतीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी राज्य फ्लोरिडाको नासाको क्यानेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो।

अन्तरिक्ष यात्रीहरूलाई लिएर गएको स्पेसएक्सको फाल्कन–९ रकेटमा जडित ड्र्यागन क्याप्सुल आईएसएस पुग्न झण्डै २८.५ घण्टा लाग्नेछ । उक्त क्याप्सुल बिहीबार २६ जुन अपरान्ह ४:३० बजे अन्तरिक्ष स्टेशनमा जोडिने छ ।

४१ वर्षपछि अन्तरिक्षमा भारतीय

शुभांशु भारतीय वायुसेनाका ग्रुप क्याप्टेन हुन् । उनी नासा र इसरोबीच भएको समझदारी अन्तर्गत यो मिसनमा चयन भएका हुन्।

उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जाने पहिलो भारतीय र अन्तरिक्षमा जाने दोस्रो भारतीय भएका छन्। यसअघि सन् १९८४ मा राकेश शर्माले सोभियत संघको अन्तरिक्ष यानबाट यात्रा गरेका थिए।

छ पटक स्थगित भएको एक्सियम–४ मिशन

यो मिशन ६ पटकसम्म स्थगित भएको थियो। पछिल्लो पटक २२ जुनका लागि तय गरिएको थियो तर आईएसएसको ज्वेज्दा सर्भिस मोड्युलको जाँचमा थप समय लागेकाले प्रक्षेपण मिति सारिएको थियो।

मिशनको उद्देश्य: अनुसन्धान र स्पेस स्टेशन निर्माण

एएक्स–४ मिशनको उद्देश्य अन्तरिक्षमा नयाँ प्रविधिको परीक्षण र वैज्ञानिक अनुसन्धान गर्नु हो । यसका साथै यो प्राइभेट स्पेस ट्राभललाई प्रवर्द्धन गर्न तथा भविष्यमा एक्सियम स्पेस स्टेशन निर्माणको योजना अन्तर्गत गरिएको हो।

शुभांशु शुक्ला को हुन् ?

शुभांशु शुक्लाको जन्म सन् १९८६ मा भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊमा भएको थियो। उनले राष्ट्रिय रक्षा एकेडेमी (एनडडीए) बाट अध्ययन गरेका हुन् । उनी सन् २००६ मा भारतीय वायुसेनामा भर्ती भएका थिए। उनीसँग फाइटर जेट उडाएको अनुभव छ।

उनी भारतको पहिलो मानव अन्तरिक्ष मिशन अन्तरिक्षयानको लागि पनि इसरोद्वारा चयन गरिएका हुन्। अन्तरिक्षयात्री बन्न उनले अमेरिका र रसियामा विशेष प्रशिक्षण लिएका थिए। उनले माइक्रोग्राभिटीमा काम गरेर आपतकालीन स्थितिहरू सम्हाल्ने र वैज्ञानिक प्रयोगहरू गर्ने सीप सिकेका छन्।

शुभांशु आईएसएसमा १४ दिन रहनेछन्, त्यस समयमा उनले ७ वटा प्रयोग गर्नेछन् । जुन भारतीय शिक्षण संस्थानहरूले तयार गरेका छन्। तीमध्ये अधिकांश जीव विज्ञानसम्बन्धी अध्ययन हुनेछन् । उनले अन्तरिक्षमा मानव स्वास्थ्य र जीवहरूमा पर्ने असरको जाँच गर्नेछन् ।

यसबाहेक उनी नासासँग थप ५ दिन रहेर अनुसन्धान पनि गर्नेछन् । जसले दीर्घकालीन अन्तरिक्ष यात्रामा सहायक डेटा प्रदान गर्नेछ। यी प्रयोगले भारतको अन्तरिक्षयान मिशनलाई थप बलियो बनाउने विश्वास गरिएको छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गर्ने अपेक्षा पनि गरिएको छ ।

शुभांशु शुक्ला अन्तरिक्षमा विशेष भारतीय मिठाइहरू लैजाँदैछन्। एक पत्रकार सम्मेलनमा उनले भनेअनुसा आँपको रस, गाजरको हलुवा र मुङ्ग दालको हलुवासहित उनी आईएसएसमा उडेका छन् । ती मिठाइहरू अन्य अन्तरिक्ष यात्रीहरूसँग बाँड्ने योजना उनले बनाएका छन्।

भारतले यो मिशनमा हालसम्म ५४८ करोड भारू (झण्डै ८८ अर्ब नेपाली रुपैयाँ) खर्च गरिसकेको छ। यो लागतमा शुभांशु र उनका ब्याकअप ग्रुप क्याप्टेन प्रशान्त नायरको प्रशिक्षण खर्च पनि समावेश छ। प्रशिक्षण, उपकरण खरिद र अन्तर्राष्ट्रिय साझेदारीमा समेत यी खर्च जोडिएका छन्।

प्रकाशित समय: बुधबार ११ असार, २०८२, १३:१३:२८

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२२ घण्टाअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
१ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
५ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०