इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ असार, २०८२
१ वर्षअघि

एजेन्सी । इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो आक्रमण गरेको छ ।

इजरायलका पूर्व न्यायमन्त्री योसी बेलिनले सोमबार दिउँसै आक्रमण भएको बताएका छन् । उनले यसलाई १३ जुनबाट सुरु भएको लडाइँको अहिलेसम्मकै सबैभन्दा लामो आक्रमणका रुपमा व्याख्या गरेका छन् ।

तेलअभिभबाट अल जजिरासँग कुरा गर्दै बेलिनले भने, ‘यो आक्रमणमा कुनै मानवीय क्षति भएन, तर केही भौतिक क्षति पुगेको छ, जसको विवरण अझै स्पष्ट भइसकेको छैन।’

उनका अनुसार यसरी इरानले दिउँसै एकदमै दुर्लभ आक्रमण गरेको हो । उनले सामान्यतया यस्तो आक्रमण रातिको समयमा हुने पनि बताएका छन् ।

बेलिनले इजरायलले इरानको हतियारको ठूलो हिस्सा नष्ट गरे पनि इरानी सेनासँग अझै पनि प्रशस्त मिसाइल र ड्रोनहरू बाँकी रहेको बताए।

उनका अनुसार इजरायली सेनाले इरानका धेरै ड्रोनहरू निष्क्रिय गर्न सफल भएको छ । तर उनीहरूसँग अझै पनि दैनिक प्रयोग गर्न सक्ने पर्याप्त संख्यामा हतियार रहेको कुराले इजरायललाई चिन्तित बनाएको छ ।

इरानी मिसाइल आक्रमणले इजरायलको दक्षिणी क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । द टाइम्स अफ इजरायलका अनुसार, इजरायल इलेक्ट्रिक कर्पोरेशनले एक ‘रणनीतिक पूर्वाधार संरचना’ नजिकै मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। उक्त क्षेत्रका केही सहरहरूमा अहिले विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

‘विद्युत् आपूर्ति यथासक्य चाँडो पुन:स्थापना गर्ने उद्देश्यले प्राविधिक टोलीहरू विभिन्न स्थानतर्फ जाँदै छन्’, समाचारमा भनिएको छ, ‘पूर्वाधार मर्मत तथा सुरक्षा जोखिम हटाउने कार्य सुरक्षा निकायसँगको समन्वयमा भइरहेका छन्।’

आक्रमणको समयमा करिब ३५ मिनेटसम्म साइरन बजेको थियो। च्यानल १३ का अनुसार युद्ध सुरु भएदेखि इजरायलीहरूले यो अहिलेसम्मको सबैभन्दा लामो समय सेल्टरमा बिताएका हुन्।

प्रकाशित समय: सोमबार ९ असार, २०८२, १५:२४:५९

सम्बन्धित खबर

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
२२ घण्टाअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
१ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
४ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
५ दिनअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०