सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका खेल्नुपर्ने अवस्था छ : प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ असार, २०८२
१ वर्षअघि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका खेल्नुपर्ने अवस्था रहेको बताएका छन्।

मंगलबार चितवनमा पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले संख्याले माओवादी प्रतिपक्ष भए पनि अहिलेको परिस्थितिमा सत्तापक्षको पनि भूमिका खेल्नुपर्ने अवस्था रहेको बताएका हुन्।

‘संख्याले त हामी प्रतिपक्ष नै हो। तर इतिहासको विरासत र जिम्मेवारीको दृष्टिकोणले हामीले एकैसाथ सत्तापक्ष र प्रतिपक्षको पनि भूमिका खेल्नुपर्ने विचित्रको स्थिति नेपालको राजनीतिमा छ,’ उनले भने।

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले त्यही दायित्वबोध गरेर दुई बुँदे सहमति गरेको प्रचण्डले बताए।

‘यो रूपले हेरियो भने प्रचण्डले अहिले चालेको कदम गम्भीर र जिम्मेवारपूर्ण रहेछ र देशलाई दुर्घटनाबाट बचाउने उद्धेश्यबाट प्रेरित छ भनेर बुझ्न हुँदैन। तर प्रचण्ड झुक्यो भन्ने ढंगले हेरियो भने गहिराइ बुझ्न सकिँदैन,’ उनले भने, ‘सत्तापक्षलाई राजावादी नै आए पनि धेरै टेन्सन भएको देखिँदैन। राजावादी आउँछन् भने पनि अहिलेको सरकारको नेतृत्वलाई टेन्सन भएको कहिँ कतै देखिँदैन।’

प्रतिपक्षमा भए पनि  जिम्मेवारीवोधको दृष्टिले, सिस्टमको रक्षाको दृष्टिकोणले, जनताले प्राप्त गरेको अधिकारको रक्षाको दृष्टिकोणले माओवादी केन्द्र अगाडि नआउँदा दुर्घटना हुने खतरा देखिएको प्रचण्डले बताए।

‘अभियानमै रहँदा पनि आजै नारायणहिटी पस्छौं भोलि पस्छौं भन्ने हल्ला चलाइयो। सरकारसँग असन्तुष्ट मान्छेहरू पनि जोडिन थालेपछि हाम्रो जिम्मेवारी छ भनेर हामी अभियान छाडेर काठमाडौं आयौं। सरकारले गर्ला कि सत्तापक्षले गर्ला कि भनेर हेरेर बस्ने हाम्रो भूमिका होइन। परिवर्तनको बाहक हौं। गोरूगाडावाला सिद्धान्तवाला त बाहक होइनन्। उनीहरू मौका पायो कि यसलाई फाल्न चाहिरहेका छन्,’ उनले भने।

अध्यक्ष प्रचण्डले जनताको बृहत्तर हितका लागि नै दुईबुँदे सहमति गरेको दाबी गरे।

संघीय निजामति ऐन, विद्यालय शिक्षा ऐन, नागरिकतासम्बन्धी ऐन, शान्ति प्रक्रियासँग सम्बन्धि बाँकी काम पनि टुंग्याउनुपर्ने र छानबिनको कुरालाई पनि नछाडि दुवैतर्फको जिम्मेवारी पूरा गर्नका लागि सहमति गरिएको उनले बताए।

‘त्यसकारण अध्ययन र छानबिनलाई गम्भीरतापूर्वक अगाडि बढाउने र ३० दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता आएपछि हामीले ऐन बनाउने कुराको आवश्यकता बोध गरेर अब अगाडि जान उचित हुन्छ भन्ने ठान्यौं र अगाडि गएका हौं। जनताप्रति जिम्मेवार भएर सोच्ने हो, जेसुकै होस् जनताको भन्ने होइन,’ उनले भने।

प्रकाशित समय: मङ्गलबार ३ असार, २०८२, १०:१७:०५

सम्बन्धित खबर

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
मेक्सिकोले एभोकाडो उत्पादन क्षेत्रमा सुरक्षा कडा बनायो
शुक्रबार २२ साउन, २०८३
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
शुक्रबार २२ साउन, २०८३
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०