इजरायलले गरेको हमलामा इरानी सेनाका जासुसी विभाग प्रमुख मारिए

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ असार, २०८२
१ वर्षअघि

 इजरायल र इरानबीचको संघर्ष चौथो दिन पनि जारी छ। आइतबार राति इजरायलले इरानको विदेश मन्त्रालयमाथि हमला गरेको छ ।
जसमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसअघि शनिबार इजरायली सेनाले इरानी रक्षा मन्त्रालयमा आक्रमण गरेको थियो।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भइसकेको छ । आक्रमणमा १,२७७ भन्दा बढी व्यक्ति घाइते भएका छन् । अमेरिकास्थित मानव अधिकार समूहले भने इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।
आइतबार रातिको आक्रमणपछि सोमबार बिहान इरानले केन्द्रीय इजरायलमा ४ वटा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। ।
यस आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्। अहिलेसम्म इजरायलमा इरानी आक्रमणबाट २० जनाको मृत्यु र करिब ५०० जनाको चोटपटक भएको छ।
उता इरानबाट प्रहार गरिएको मिसाइल इजरायलको तेल अभिभस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै खस्दा भवनमा सामान्य क्षति पुगेको छ । अमेरिकी राजदूत माइक हकाबीले मिसाइल आक्रमणका कारण अमेरिकी कर्मचारीहरूमा कुनै चोटपटक नलागेको बताएका छन् ।
उनका अनुसार तेलअभिभमा अमेरिकी दूतावास नजिकै इरानी मिसाइल प्रहारका कारण सामान्य क्षति पुगेको हो । उनले जेरुलेमस्थित अमेरिकी दूतावास सोमबार बन्द रहने बताए ।
उता बेलायतको समुद्री सुरक्षा कम्पनी एम्ब्रीका अुनसार इजरायलको हाइफा बन्दरगाह नजिकको पावर प्लान्टमा आगलागी भएको छ। यहाँ इरानले ब्यालिष्टिक मिसाइल आक्रमण गरेको हो । इजरायलसँगको तनावकै बीचमा पावर प्लान्टमै इरानले मिसाइल हानेको हो ।
एमब्रेका अनुसार इजरायली सेनाले मिसाइल आक्रमणलाई रोक्ने प्रयास गरेको भिडियोमा देखेको बताएका छन् । तर पनि हाइपरसोनिक मिसाइल (ध्वनिको गतिभन्दा धेरै तीव्र गतिमा जाने मिसाइल) ले त्यहाँ आक्रमण गरेपछि आगो लागेको देखिएको उनीहरूले जनाएका छन् । इजरायली आक्रमणमा इरानी इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आईआरजीसी) का जासुसी विभाग प्रमुख मोहमद काजमी मारिएका छन् । उनका उनका उप्रमुख हसन मोहकिक र अर्का अधिकारी मोहेसन बाघेरीको मृत्यु भएको छ । काजमीको मृत्युलाई इरानको सैन्य संरचनामा ठूलो क्षतिको रूपमा हेरिएको छ।
उता इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार तजाची हनेग्बीले इरानसँग अझै १० औँ हजार मिसाइल रहेको दाबी गरकेा छन् । ‘इरानसँग अझै अनुमानभन्दा धेरै ब्यालिस्टिक मिसाइल छन्’, उनले भने ।
पहिले २००० मिसाइल रहेको अनुमान गरिए पनि अहिले ५०० मात्र बाँकी भएको धारणा गलत भएको उनले बताएका छन् ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
२१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०