विराटनगरमा सिटी सफारी व्यवस्थापनमा ढिलासुस्ती

दुर्योधन आले (सौगात)
शनिवार ३२ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । विकल्कप एन अल्टरनेटिभको आयोजनामा सिटी रिक्सा लाइसेन्स, इन्स्युरेन्स तथा व्यवस्थापनसम्बन्धी समस्या विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक बसन्त अधिकारीले सिटी रिक्सा चालकहरूलाई लाइसेन्स लिने प्रक्रियामा भोग्नुपरेको जटिलता गम्भीर चुनौतीको रूपमा देखिएको बताए ।

उनका अनुसार मोरङको विराटनगरलगायतका सहरी क्षेत्रहरूमा सिटी रिक्सा सार्वजनिक यातायातको सहज र वातावरणमैत्री माध्यमका रूपमा लोकप्रिय बन्दै गइरहे पनि थोरै लगानीमा आम मानिसका लागि रोजगारीको माध्यम बनेको सिटी रिक्सा सञ्चालन व्यवसाय यतिबेला विभिन्न नीतिगत समस्यामा अल्झिएको हो ।

नेपाली रोजगारी लागि भैतारिँदा भारतीय नागरिक रोजगारीको लागि सिटि चालक रूपमा भित्रिएको उनको भनाइ छ । नेपालीहरू रोजगारीका निम्ति भारत, खाडी मुलुक र अमेरिकालगायता देशमा बाहिरिँदा भारतीय नागरिक विराटनगर क्षेत्रमा अत्याधिक रूपमा सिटी लिएर सडक नै अवरुद्ध हुनेगरी छयापछ्यापती भेटिन्छन् ।

यसले ट्राफिक व्यवस्थापनदेखि लिएर नेपाली सर्वसाधारणलाई आजित बनाएको छ । यसको व्यवस्थापन सरकारले गर्न आवश्यक देखिन्छ । तर, नेपाल सरकारको यस किसिमको लापरबाही र मनपरी भाडादरले लुटपाट जस्ता गतिविधि समेत बजार उग्ररूप बढेको कार्यक्रमका वक्ताहरूले बताए ।

सिटी रिक्सा चालकहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर, शैक्षिक योग्यता न्यून तथा सीपको अभाव रहेको हुँदा लिखित परीक्षा पास गर्न कठिन भएको छ । यस्तै, लाइसेन्सका लागि आवश्यक कागजात, खर्चिलो प्रक्रिया, र सैद्धान्तिक परीक्षणले गर्दा धेरै चालकहरू बिना लाइसेन्स नै सवारी सञ्चालन गर्न बाध्य छन् ।

सिटी रिक्सा चालकहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर, शैक्षिक योग्यता न्यून तथा सीपको अभाव रहेको हुँदा लिखित परीक्षा पास गर्न कठिन भएको छ । यस्तै, लाइसेन्सका लागि आवश्यक कागजात, खर्चिलो प्रक्रिया, र सैद्धान्तिक परीक्षणले गर्दा धेरै चालकहरू बिनालाइसेन्स नै सवारी सञ्चालन गर्न बाध्य छन् ।

कार्यक्रममा सहभागीहरूले लाइसेन्स परीक्षा सरल भाषामा र व्यावहारिक शैलीमा लिने व्यवस्था मिलाउन सुझाव दिइएको छ । साथै चालकहरूका लागि अनिवार्य सीपमूलक तालिम, सवारी नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा इन्स्युरेन्सको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ ।
चालकहरू दुर्घटनामा परेमा उनीहरू र उनका परिवारलाई कुनै सुरक्षा सुविधा नहुँदा थप समस्या उत्पन्न हुने भएकाले इन्स्युरेन्सको व्यवस्था अपरिहार्य भएको वक्ताहरूको भनाइ थियो । जीविकोपार्जनमा संकट निम्त्याउने प्रणालीगत बाधाहरू तत्काल समाधान गर्न स्थानीय सरकार र सम्बन्धित निकायहरूलाई पहल गर्न आग्रह गरिएको छ ।

सिटी रिक्सा चलाउने अनुमति दिने प्रक्रिया अघि साक्षरता सुनिश्चित गर्नुपर्ने, जनचेतना अभिवृद्धि गर्न सामूहिक अभियान सञ्चालन गर्नुपर्ने सुझाव कार्यक्रममार्फत दिइएको छ । साथै, चालकले लिने भाडादरको दररेट पनि स्पष्ट र नियमन गरिनुपर्ने माग गरिएको छ । विकल्प एन अल्टरनेटिभले सिटी रिक्सा व्यवस्थापन र चालकहरूको जीवनस्तरसँग जोडिएका समस्याहरूलाई सम्बोधन गर्न संचार माध्यममार्फत स्थानीय निकायको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको छ ।

प्रकाशित समय: शनिवार ३२ जेठ, २०८२, १६:३०:२५

सम्बन्धित खबर

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?

शुक्रबार २२ साउन, २०८३
१३ घण्टाअघि

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

शुक्रबार २२ साउन, २०८३
१३ घण्टाअघि

क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न

शुक्रबार २२ साउन, २०८३
१५ घण्टाअघि

भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

शुक्रबार २२ साउन, २०८३
१६ घण्टाअघि

कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने

शुक्रबार २२ साउन, २०८३
१६ घण्टाअघि

शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध

शुक्रबार २२ साउन, २०८३
१७ घण्टाअघि
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
मेक्सिकोले एभोकाडो उत्पादन क्षेत्रमा सुरक्षा कडा बनायो
शुक्रबार २२ साउन, २०८३
भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ
शुक्रबार २२ साउन, २०८३
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने
बिहिबार २१ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०