इरानले गर्‍यो शनिबार इजरायलमा जबाफी आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३२ जेठ, २०८२
१ वर्षअघि

इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जबाफी आक्रमण गरेको छ ।

शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई  सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।

Advertisement

इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ ।

इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेहरूको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् ।

उनीहरूका अनुसार ती मध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।

यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो ।

दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा  राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताएका छन्  ।

आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्ध विराम गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स मार्फत युद्ध रोक्ने समय आएकाले कुटनैतिक समाधानको बाटोमा जानु पर्ने बताएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०